आत्महत्या गर्ने बालबालिकाको सङ्ख्या बढ्दो, पाँच वर्षमा २३ जना बालबालिकाले गरे आत्महत्या
नौगाड गाउँपालिका–२ सुण्डमुण्डुका १७ वर्षीय कमलेश टमट्टाले ०८० फागुन १९ गते घरभित्रै झुण्डिएर आत्महत्या गर्नु भयो । बुवा बैदेशिक रोजगारीको सिलसिलामा भारतमा गएको बेला छोराले घरमै आत्महत्या गरेका हुन् । आत्महत्याको कारण भने खुलेको छैन् ।
महाकाली नगरपालिका–४ खलंगास्थित डेरामा बस्दै आउनु भएको महाकाली नगरपालिका–७ का २२ वर्षीया रविना पल्यालले फागुन १३ गते डेरामै झुण्डिएर आत्महत्या गर्नु भयो । प्रेम सम्बन्धमा रहेका पल्यालले प्रेममा धोका पाउने अवस्था आएपछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यी त प्रतिनिधिमूलक घटनामात्रै हुन् । जिल्लामा दिनुहँ आत्महत्या गर्नेहरुको सङ्ख्यामा कमी आएको छैन् ।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाको तथ्याङ्क अनुसार पछिल्लो समय दिनहुँ आत्महत्याका घटनामा बृद्धि हुँदैगएको छ । आत्महत्या गर्नेहरुमा बालबालिका पनि छन् । जिल्लाको पाँच वर्षको अवधिमा १५ जना बालिका र आठ जना बालकले झुुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयमा तथ्याङ्क छ ।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर गोविन्द भण्डारीका अनुसार पाँच वर्षयता आत्महत्याबाट १ सय १७ जनाको ज्यान गएको छ । आर्थिक वर्षको हालसम्म १२ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिला, बालबालिका र पुरुष छन् । यो वर्ष तीन जना ज्येष्ठ नागरिक महिला सहित चार जना, पाँच जना पुरुष र तीन जना बालिकाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७९ /०८० मा २५ जनाले आत्महत्या गरेका छन् । जसमा ज्येष्ठ पुरुष एक, ज्येष्ठ महिला दुई, सात जना पुरुष, आठ जना महिला, तीन बालक र चार जना बालिका छन् । आर्थिक वर्ष ०७८ / ०७९ मा नौ पुरुष, ११ महिला, एक बालक र एक बालिका गरी २२ जना, ०७७ / ०७८ मा ज्येष्ठ महिला एक जना, पुरुष नौ, महिला नौ र तीन बालिका गरी २० जना, ०७६ / ०७७ मा सात महिला, सात पुरुष, दुई बालक र तीन जना बालिका गरी १९ जना र ०७५ / ०७६ मा ज्येष्ठ पुरुष दुई, पुरुष पाँच,महिला सात, दुई बालक र तीन जना बालिका गरी १९ जनाले आत्महत्या गरेका छन् ।
महत्वाकांक्षाले व्यक्तिगत जीवनमा आत्मसन्तुष्टि नमिलेपछि व्यक्ति डिप्रेसनमा जाने र त्यसको चरम रूप आत्महत्या हुने प्रहरी अधिकारी बताउँछन् । ‘आत्महत्याको कारण यो नै हो भनेर भन्न सकिदैन्,’ जिल्ला प्रहरी कार्यालय, दार्चुलाका कार्यालयका डिएसपी शिवबहादुर सिंहले भन्नु भयो, ‘तैपनि मान्छेका अपेक्षा पूरा नहुँदा आत्महत्या गरेको देखिन्छ ।’
डिएसपी सिंहका अनुसार आत्महत्याका पछाडि आर्थिक र समाजिक कारणहरू समेत जोडिएका हुन्छन् । आर्थिक अभाव, बेरोजगारी, वैदेशिक रोजगार र महिलाहरू आत्मनिर्भर नहुनु आत्महत्याका कारणहरू हुन् ।
मानिसमा देखिने कार्य असफलता, प्रेममा सफल हुन नसक्नु, घरेलु हिंसा, पारिवारिक कलह, न्याय प्रणालीमा पहुँचको कमी र कतैकतै दीर्घरोग लागेका व्यक्तिले स्वास्थ्यमा सुधार नहुँने थाहाँ पाएपछि आत्महत्या गर्ने गरेको अनुसन्धानबाट देखिने गरेको डिएसपी सिंहको भनाइ छ ।
मानसिक समस्या र आत्महत्यासँग जोडिएका तत्वहरुको पहिचान र व्यवस्थापन गर्न नसकिएको कारण आत्महत्याका घटनाहरुमा बृद्धि हुँदैगएको अधिवक्ता हरिशचन्द्र जोशीको भनाइ छ ।
उहाँले भन्नु भयो– ‘मनोरोगका लक्षणहरूको समयमै पहिचान, उपचार र पुनस्र्थापन भएमा धेरैजसो आत्महत्याको सम्भावना कम हुन र शैक्षिक बेरोजगारीलाई राज्यले संवोधन गर्न सकेको खण्डामा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आउने उहाँको भनाइ छ ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…