आत्मदाहा प्रयास गरेका आचार्यको उपचारको क्रममा मृत्यु
नयाँबानेश्वरस्थित सङ्घीय संसद भवन अगाडि पेट्रोल छर्किएर आगो लगाएर आत्मदाह प्रयास गरेका इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा ०७९ माघ ११ गते मृत्यु भएको छ ।
आचार्यले माघ १० गते सङ्घीय संसद भवन अगाडि नयाँबानेश्वर चोकमा आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए । आगलागीपछि घाइते भएका आचार्यलाई प्रहरीले उद्धार गरेर उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगेको थियो ।
आचार्यको उपचारका क्रममा माघ ११ गते बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
आत्मदाह गर्नुअघि आचार्यले फेसबुकमा लामो स्टाटस लेख्दै उनले यो देशमा गरिखाने वातावरण नभएकोले आफूले मृत्यु रोज्न खोजेको लेखेका थिए ।
उनले राज्यको नीतिको कारण देशमा आम युवाले गरिखाने वातावरण नभएको र विदेश पलायन हुन बाध्य भएको भन्दै सरकारको तिव्र आलोचना गर्दै निराशा प्रकट गरेका छन् । उनको आत्मदाह राज्यको कमजोर आर्थिक नीति र युवामैत्री उद्यमशीलना नभएको अनुको सामाजिक सञ्जालमा आएको स्टाटसमा देखिएको इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले बताउनु भयो ।
घटनाप्रति इन्सेक प्रतिनिधिलाई प्रतिक्रिया दिँदै इलाम प्रतिनिधि सभा क्षेत्र नं १ का संसद महेश बस्नेतले देशमा केही गर्छु भन्ने युवकले आत्मदाहा गर्ने परिस्थिति सृजना हुनु दुखद भएको र आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि मृतकले उठाएका विषयका बारेमा राज्यले गम्भीर भएर सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…