आठ वर्षीय भान्जाको हत्या गरेको आरोपमा आरोपित गिरफ्तार
बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका आठ वर्षीय भिजन घर्तीलाई सोही ठाउँ निवासी ३४ वर्षीय मामा डम्बर पुरीले ०७९ माघ १ गते हत्या गरेको आरोपमा प्रहरीले सोहीदिन आरोपितलाई गिरफ्तार गरेको छ ।
आरोपितले आफ्नै घर आँगनमा रहेको मन्दिर भित्र लगेर धारिलो हतियार (हसिँया) ले बालकको हत्या गरेको स्थानीयले थाहा पाएपछि स्थानीयबासीले प्रहरीलाई सोहीदिन खबर गरेका थिए ।
आरोपितमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत सल्यानबाट माघ ३ गते १० दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भएको छ ।
आरोपित मानसिक रुपमा ठिक नभएको र विगत केही महिनादेखि औषधि सेवन गरिरहेको स्थानीयबासी नन्दलाल पुन मगर बताएका छन् ।आरोपितको मानसिक अवस्था परिक्षणका लागि माघ ३ गते जिल्ला अस्पताल सल्यानमा लगिएको छ । शवको पोष्टमार्टम जिल्ला अस्पताल सल्यानमा भएको प्रहरीले जानकारी दिएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…