आठ वर्षीया बालिकाको शव फेला, बलात्कारपछि हत्या गरेको आशङ्का
आठ वर्षीया बालिकाको शव फेला परेको छ । रूपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाका नौमणी राईकी आठ वर्षीया छोरी लुमणीको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा माघ १० गते फेला परेको हो ।
माघ १० गते दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला पारिएको स्थानीयले बताएका छन् ।
हत्या आशङ्कामा प्रहरीले सोही स्थानका १६ वर्षीय बालकलाई माघ ११ गते गिरफ्तार गरेको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।
'गिरफ्तार गरिएका आरोपितले आफैँले बालिकाको हत्या गरेको स्वीकारेका छन् ।'-उनले भने-'के कारणले बालिकाको हत्या गरिएको हो भन्नेबारे अझै बुझ्न बाँकी रहेको छ ।'
स्थानीयले भने आरोपित बालकले बालिकाको बलात्कारपछि हत्या गरेर लुकाउनका लागि खोलाको बगरमा गाडेको हुनसक्ने आरोप लगाएका छन् । बालिकाको शवको पोष्मार्टम जिल्ला अस्पताल दिक्तेलमा आजै भएको छ ।
सुनिता मगर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…