आठ वर्षदेखि विद्यार्थी जस्ताको टहरामा अध्ययन गर्न बाध्य
कालिञ्चोक गाउँपालिका वडा नं. ५ स्थित कालिञ्चोकस्थित लामिलाङ माध्यमिक विद्यालयका विद्यार्थी २०७२ बैशाखमा गएको भूकम्प पश्चात् आठ वर्षदेखि जस्ताको छाना र जस्ताकै बारले बनाएको टहरामा अध्ययन गर्न बाध्य छन् ।
लापिलाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक खड्काका अनुसार भूकम्पपछि विद्यालय भवन निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको कारण जस्ताको छाना र जस्ता कै पाताबाट बारेको टहरामा अध्यापन गरांउनुपर्दा शिक्षक विद्यार्थी सबैले असहजता भोग्नु परेको हो ।
जस्ताको बारका कारण एउटा कोटामा पढाएको आवाज सबै कोठामा जाने र विद्यार्थीहरुले नबुझ्ने साथै शिक्षकलाई पनि भार पर्ने प्रधानाध्यापक खड्काले बताउनु भयो ।
हाल अध्यापन गराउँदै आएको टहरा पनि विद्यालयले नै वार्षिक ३२ हजार रुपैयाँ भाडामा जग्गा लिएर बनाएको हो ।
कक्षा ६ देखि १२ सम्म एक ठाउँमा र कक्षा १ देखि ५ सम्म अर्को ठाउँमा अलि टाढा कक्षा सञ्चालन गरिएको छ ।
जस्ताको छाना र बार समेत जस्ता कै भएको कारण हिउँदमा चिसोका कारण विद्यार्थी बिराम हुंने, चैत बैशाखमा गर्मीले बालबालिकाहरूलाई रिंगटा लाग्ने, बान्ता हुने र बिरामी पर्ने समस्या छ ।
साथै वर्षाको समयमा अध्यापन गराएको जस्ताको आवाजले नसुनिने हुँदा पानी पर्ने बित्तिकै विद्यालय बन्द गर्नुपरेको सोही विद्यालयका शिक्षक धनिराम अधिकारीले बताउनु भयो ।
जस्ताका छानामुनीको अध्यापनले विद्यार्थी र शिक्षकमा समयसमयमा शारीरिक अस्वस्थता हुने र समयमा पाठ्क्रम समेत नसकिने गरेको छात्र बिपिन खड्काले बताउनु भयो ।
छात्र खड्काले विद्यालय भवन बन्दै गरेको अवस्थामा भए पनि अझै कति समय लाग्छ भन्ने टुङ्गो नहुँदा यो समस्या वर्सौदेखि लम्बिदै गएको गुनासो गर्नु भयो ।
एडिबिको सहयोगमा २२ कोठे विद्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको र भवन हस्तान्तरण पछि अध्यापनमा सहजता आउने प्रधानाध्यापक खड्काले बताए ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…