आठ महिनासम्म मर्मत भएन विद्यालयको भवन , जीर्ण भवनमा विद्यार्थीहरु पठनपाठन गर्न बाध्य
त्रिपुरासुन्दरी नगरपालिका –१ करेलीकाँडा गाउँमा रहेको लेखनाथ आधारभूत विद्यालयको भवन गत साउन महिनामा परेको अविरल वर्षाका कारण भवनको जग भत्किएर जीर्ण अवस्थामा रहेकोे छ । भवन चर्किएर जीर्ण भएको आठ महिना सम्म मर्मत नहुँदा विद्यार्थीहरु जोखिम मोलेर पठनपाठन गर्न बाध्य छन् ।
विद्यालयमा वाल विकास केन्द्र , कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीहरु जीर्ण भवनमा डर त्रासमै अध्ययन गरिहेका छन् । विद्यालयमा पर्याप्त भवन नहुँदा चर्केको जीर्ण भवनमा जोखिम मोलेर विद्यार्थी राख्नु परेको लेखनाथ विद्यालयका प्रधानाध्यापक नवराज थापाले बताए । विद्यालयमा ८३ जना विद्यार्थी भएको यस विद्यालयमा ४० जना भन्दा धेरै विद्यार्थीलाई चर्केको जीर्ण भवनमा राखेर पढाउँदै आएको उनको भनाइ छ।
लामोसमय देखि भवन मर्मत भएको छैन । तीन तहको सरकारबाट आठ महिना सम्म पनि भवन निर्माणकोलागि कुनै पनि सहयोग नभएको वडा सदस्य झलक बुढाले गुनासो गरे । भूकम्प, बाढी पहिरो लगायतका प्राकृतिक प्रकोप आएको खण्डमा विद्यालयमा ठुलो मानविय क्षतिको जोखिम उच्च रहेकाले अभिभावकहरु चिन्तामा रहेको उनको भनाइ छ।
विद्यालयको जीर्ण भवनको समस्याले विद्यार्थीलाई नियमित पठन पाठनमा समस्या भइरहेको छ । विद्यालयको भवन जीर्ण हुँदा बाहिर खुल्ला चौरमा बसेर पढ्न बाध्य भएको कक्षा ५ मा अध्यनरत १० वर्षीय छात्र जयलाल बोहोराले बताए । भवन जीर्ण हुँदा सधैं बाहिर खुल्ला चौरमा बसेर पढ्छौं, चौरमा बसेर पढ्दा चिसोको कारणले बिरामी हुने खतरा छ , कहिले काँही त चर्किएको भवन भित्र बसेर पढ्नु पर्ने बाध्यता हुन्छ , भवन बन्छ भन्दा भन्दै आठ महिना भइसक्यो तर मर्मत समेत नभएको उहाँले गुनासो गर्नुभयो ।
विद्यालयको जीर्ण भवन मर्मतको लागि त्रिपुरासुन्दरी नगरपालिका र सामाजिक विकास कार्यालयमा दैनिक धाउदा पनि भवन मर्मत हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कावा बुढाले बताउनु भयो । भवन निर्माणको लागि कहिले नगरपालिका त कहिले सदरमुकाम स्थित सामाजिक विकास कार्यालयमा धाउने गरेको तर हाम्रो कुरा कसैले सुन्दैनन् । विद्यालयको जीर्ण भवन मर्मत नभए सम्म विद्यालय बन्द गर्नु पर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
विद्यालयको भवन जीर्ण भएर विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भइरहेको जानकारी आएको छ । अहिले बजेट छैन । नयाँ बजेटमा विशेष प्राथमिकतामा राखेर विद्यालयको भवन मर्मत गर्ने निर्णय भएको त्रिपुरासुन्दरी नगरपालिकाका शिक्षा शाखा प्रमुख भीम बहादुर थापाले बताउनु भयो ।
पुर्ण सार्की
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…