आठ ओटा मतदान केन्द्र अति सम्वेदनशील

आगामी मङ्सीर २१ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा तोकिएका १ सय ५३ मतदान केन्द्र मध्ये आठ ओटा केन्द्र अति सम्वेदनशील रहेका छन् ।

दुई ओटा क्षेत्र रहेको धनकुटामा सुरक्षा चुनौतिको आधारमा क्षेत्र नं. १ मा चार ओटा र क्षेत्र नं. २ मा चार ओटा गरी आठ ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी धनप्रसाद शिवाकोटीले बताए ।

सुरक्षा सम्वेदनशीलताको आधारमा अति सम्वेदनशील मतदान केन्द्रमा अहिलेदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि हरेक नगरपालिका तथा गाउँपालिकामा इन्स्पेक्टरको कमाण्डमा दुई ओटा मोवाइल टोली परिचालन गरिएको पनि डिएसपी शिवाकोटीले बताए ।

जिल्लाका १ सय ५३ मतदान केन्द्रमध्ये ८९ ओटा सामान्य, ५६ ओटा सम्वेदनशील र आठ ओटा अति सम्वेदनशील रहेका छन् ।


सन्तोष रूचाल