आचारसंहिता उल्लङघनबारे आयोगलाई ध्यानाकर्षण
स्थानीय तह निर्वाचन २०७९ को उम्मेदवारी दर्ताका क्रममा राजनीतिक दलबाट भएको निर्वाचन आचारसंहिता उल्लङघन बारे निर्वाचन कार्यालयलाई ध्यानाकर्षण गराइएको छ ।
शान्तिको लागि नागरिक समाजको सञ्जाल कास्कीका पुर्व अध्यक्ष बिष्णु प्रसाद बराल ,गैरसरकारी सस्था महासघ गण्डकीका कार्यबाहक अध्यक्ष पदमराज पहारी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश सयोजक शिव खकुरेलसहितको टोलीले निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुलीलाई वैशाख १३ गते भेट गरी निर्वाचन आचारसंहिता कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो ।
अनुगमनका क्रममा उम्मेदवारी मनोनयमै रोक लगाउने, बाजागाजा, ठूला ठूला झण्डाको प्रयोग र सवारीसाधनको र्याली गरी दलहरुले आचारसंहित उल्लङ्घन गरेको भेटिएको इन्सेक गण्डकी प्रदेश संयोजक खकुरेलले जानकारी गराउनुभयो ।
प्रमुख पराजुलीले आचारसंहिता उल्लङ्घन भएको स्वीकार गर्दै आगामी दिनमा यसो हुन नदिन आवश्यक पहल गर्ने बताउनुभयो ।
उहाँले निर्वाचन पर्यवेक्षण गर्ने संस्थाहरुले पनि आवश्यक सूचना दिएर सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
यस्तै इन्सेकका संयोजक खकुरेलले इन्सेकले गण्डकी प्रदेशमा मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लामा पर्यवेक्षण गर्ने र पर्यवेक्षकको नामावली पठाइसकिएको बारेमा जानकारी गराउनुभएको थियो ।
सुशन घिमिरे
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…