आचारसंहिता विपरीत स्मारकमा चुनावी व्यानर
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि फोरम-राजपा गठबन्धनका उम्मेदवारहरूले रुपनी गाउँपालिका-१ स्थित रुपनी चोकमा रहेको स्मारकमा चुनावी व्यानर र झण्डा टाँगेर आचारसंहिता उल्लङ्घन गरेका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार बनेका राजपाका चन्द्रकान्त चौधरी र दिनेश यादवको तस्विर र चुनाव चिन्ह अङ्कित व्यानर स्मारकमा रहेको सन्देशमूलक होर्डिङ्ग बोर्डका सूचना छोपिने गरी टाँगिएको छ ।
निर्वाचन आचार संहिता २०७२ मा निर्वाचनसम्बन्धी प्रचारप्रसारको लागि नेपाल सरकार, सार्वजनिक संस्था वा स्थानीय तहको भवन, अतिथि गृह, सभागृह प्रयोग गर्न दिन नहुने तथा सरकारी वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाललगायतमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
सुदूरपश्चिम प्रदेश उपनिर्वाचन ०८१ः पाँच ओटा स्थानीय तह मध्ये कांग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी
सुदूरपश्चिम प्रदेशका पाँच ओटा स्थानीय तहमा ०८१ मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छ । पाँच ओटा स्थानीय तहमध्ये नेपाली काग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…
मधेस प्रदेशमा स्थानीय तह उपनिर्वाचन ०८१ सम्पन्न
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४१ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६…