आचारसंहिता विपरीत सार्वजनिक स्थलमा प्रचार सामग्री राखेर चुनाव प्रचार
नेपाली काङ्ग्रेसले मोलुङ गाउँपालिका-२ रामपुरमा रहेको शशित स्मृति भवन तथा पार्कका आफ्ना प्रचार सामग्री राखेर आचारसंहित उल्लङ्घन गरेको छ ।
मङ्सिर ६ गते काङ्ग्रेसका महामन्त्री सशाङ्क कोइरालाले सम्बोधन गर्ने कार्यक्रम समेत सोही स्थानमा राखिएको छ । सावर्जनिक भवन तथा शहिद पार्कमा सभा आयोजना गरिएको हो ।
सार्वजनिक सम्पदामा चुनावी प्रचार टाँसेर दलहरूले आचासंहिता उल्लङ्घन गरेको गुनासो आए पनि सम्बन्धित निकायले अनुगमन गरेको छैन । त्यस्तै सुनकोशी पुलमा ठूलाठूला आचारसंहिता विपरीतका फ्लेक्स टाँसिए पनि नहटाइएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपनि हटाइएको छैन ।
दलका नेताहरूले शीर्ष नेता ल्याउने नाममा हेलिकोप्टर समेत प्रयोग गर्दै आएका छन् । यसबारे निर्वाचनका लागि खटिएका अनुगमन समतिका सदस्यहरूले चासो नदिएको माओवादी केन्द्रका नेता नवराज खड्काले आरोप लगाए । आचारसंहिता अनुगमन अधिकृत प्रमोद भट्टराई भने अनुगमन भइरहेको दावी गरेका छन् ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…