आचारसंहिता विपरीत सडकको शिलन्यास गरेको भन्दै उजुरी
नेपाली काङ्ग्रेसका महाकाली नगरपालिकाका मेयर पदका उम्मेदवार हंशराज भट्टसहितको टोलीले नगरपालिकाको श्रीवगड कोट कौतली सडक खण्डको जेठ २३ गते शिलान्यास गरेको भन्दै नेकपा एमाले दार्चुलाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको छ ।
निर्वाचनको क्रममा कुनैपनि योजनाहरूको शिलान्यास उद्घाटन गर्न नपाइने भएपनि उम्मेदवारसहितको टोलीले सडक शिलान्यास गरेपछि जेठ २४ गते उजुरी दर्ता गरेको हो ।
महाकाली नगरपालिका अन्तर्गत नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख रुपियाँमा निर्माण गरिन लागेको सडकको शिलान्यास भएको हो । शिलान्यास कार्यक्रममा काङ्ग्रेस महाकाली नगरपालिका नगर प्रमुख जयदेव जोशी, महाकाली नगरपालिकाका इन्जीनियर मुकेश पाठकसमेतको उपस्थिति रहेको एमालेको आरोप छ ।
आचारसंहिताको परिच्छेद ३ को २ मा नेपाल सरकार सार्वजनिक संस्था र स्थानीय तहले कुनैपनि नयाँ योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न नपाइने उल्लेख छ ।
नगरपालिकाबाट विनियोजित बजेटबाट सरकारी कर्मचारीको उपस्थितिमा नगरपालिकाका मेयर पदका उम्मेदवारले शिलान्यास गर्नु मतदाता प्रभावित गर्ने कार्य भएको एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले बताए ।
उक्त क्षेत्रमा सडक शिलान्यास गरेर काङ्ग्रेसले बजेट ल्याएको भन्दै भाषण गरेर मतदाता प्रभावित गर्न खोजेको घर्तीको आरोप छ । काङ्ग्रेस नगर प्रमुख जोशीले सडक आफ्नो पहलमा ल्याएको कार्यक्रममा बताएको केही पत्रिकाले समेत उल्लेख गरेका छन् ।
नगरपालिकामा उक्त योजना झण्डै एक महिनाअघि सम्झौता भएको थियो । नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत उक्त क्षेत्रमा सडक निर्माण हुन लागेको हो । नगरपालिकाले भने सडकको शिलान्यास नगरको आयोजनामा नभएको स्पष्ट पारेको छ । हामीले आफैँ सडक शिलान्यास गर्ने तयारी गरेको बेला काङ्ग्रेसको प्रचार टोली आएर शिलान्यास गरेको जनाएको छ । सडक निर्माणको लागि ५० लाख रुपियाँ सडक बोर्डको सहयोग र २५ प्रतिशत जनश्रमदानमा निर्माण भइरहेको जनाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने उजुरीको सम्बन्धमा छानबिन सुरू गरेको जनाएको छ । आचारसंहिता उल्लङ्घनबारे अनुगमन समितिका सदस्य निरञ्जन स्थापितलाई जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले बताए ।
अनुसन्धानमा संग्लन स्थापितले उजुरीमाथि बिहीबारसम्म अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने बताए ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…