आचारसंहिता विपरीत शिलान्यास गर्दै जनप्रतिनिधि
निर्वाचन आचारसंहिता लागू भएपछि योजनाहरू सञ्चालन तथा शिलान्यास जस्ता कार्यहरू गर्न नपाइने भए पनि स्थानीय तहका जनप्रतिनिधिहरूले योजना शुभारम्भका कार्यलाई निरन्तरता दिएका छन् ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीले आचारसंहिता विपरीत आफैं उपस्थित भएर कात्तिक १७ गते बागमती प्रदेश सरकारमातहत पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालन हुने सडक योजनाको शिलान्यास गराउनु भएको हो ।
मेयर श्रेष्ठ र उपमेयर बोगटीले संयुक्त रुपमा विदुर नपा–१ को बान्द्रे–बोगटीगाउँ–डाँडागाउँ सडक स्तरोन्नतिको शुभारम्भ गराउनु भएको हो ।
उजुरी परेको खण्डमा आचारसंहिताबाट जोगिन भरपर्दो प्रमाण नहोस् भन्ने आशयले व्यानर र शिलालेख नराखी आयोजनाको सूचनापाटी वाचन गरी सडक शिलान्यास गरिएको थियो ।
यस्तै, लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले गाउँपालिकाको वडा नं. ५ को भेडाचौरमा स्वास्थ्य इकाईको भवन उद्घाटन गर्नुभएको थियो ।
उक्त उद्घाटनको निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । उजुरीपछि निर्वाचन अधिकृतको कार्यालयले स्थलगत अनुगमन गर्दा स्वास्थ्य संस्थाको नयाँ भवनबाट हालसालैबाट सेवा सञ्चालन गरिएको पाइएको तर, गाउँपालिका अध्यक्षले उद्घाटन गरेको भरपर्दो प्रमाण फेला नपरेको नुवाकोट क्षेत्र नंं. १ का निर्वाचन अधिकृत टेकराज भुसालले बताउनुभयो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…