आचारसंहिता विपरीत शिक्षक चुनावी कार्यक्रममा सहभागी
जिल्लास्थित विभिन्न विद्यालयमा अध्यापन गराउँदै आउनु भएका शिक्षकहरूले निर्वाचन आचारसंहिता विपरीत निर्वाचन गतिविधिमा संलग्न भएको मानव अधिकार रक्षक सञ्जाल जुम्लाले जनाएको छ ।
।
आसन्न वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन प्रचारप्रसार तथा चुनावी कार्यक्रममा जुम्लामा विशेषगरी ठूला राजनीतिक दलका शिक्षक सङ्घ सङ्गठनमा आवद्ध शिक्षकहरूले निर्वाचन आचारसंहिता विपरीत चुनावी कार्यक्रममा सहभागी भएको पाइएको सञ्जाल जुम्लाले जनाएको हो ।
जुम्लाका ठूला राजनीतिका दल नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एमाले र नेकपा समाजवादी पार्टीसँग आवद्ध शिक्षक संघसंगठन चुनावी कार्यक्रममा देखिने गरेको नागरिक समाज तथा मानव अधिकार रक्षक सञ्जाल जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिनु भयो । उहाँले भन्नुभयो शिक्षकहरू अहिले निरन्तर चुनावी प्रचारप्रसारका गतिविधिमा संलग्न छन् । उनीहरूले निर्वाचन आचारसंहित विपरीत काम गरेका हुन् । यो र त्यो शिक्षक भन्ने भन्दा पनि ठूला दलमा आवद्ध शिक्षक चुनावी गतिविधिमा संलग्न छन् । सामाजिक सञ्जालदेखि विभिन्न चुनावी कार्यक्रममा देखिदै आएका छन् ।
विद्यार्थीलाई पढाउनु पर्ने शिक्षकहरू प्रत्यक्ष राजनीति गर्न थालेकाले विद्यार्थीको भविश्य के हुने भन्ने चिन्ता बढ्न थालेको छ । उहाँले भन्नु भयो– ‘उहाँहरू शिक्षक हुन या पार्टीका कार्यकर्ता छुट्याउनै मुस्किल छ ।’
शिक्षकहरूले खुलेआम आचारसंहिता उल्लङ्घन गरेर दलको चुनावी प्रचार गरिरहेको भएपनि आचारसंहिताको अनुगमन र कारवाही गर्ने निकाय भने मौन रहेको पाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले शिक्षकहरूले आचारसंहिता विपरीत कार्यहरूमा संलग्न भएको भन्ने कहि कतैबाट उजुरी नपरेको र निर्वाचन आचारसंहिता विपरीत कार्यमा संलग्न भएको भन्ने उजुरी आएको खण्डमा कारवाही प्रक्रिया अगाडि बढाउने बताउनु भयो । उहाँले भन्नुभयो शिक्षकका हक झन आयोगले कडा रुपमा बोलेको छ । निर्वाचन आचारसंहित उल्लङ्घन गर्न पाइने छैन भनेको छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र…