आचारसंहिता विपरीत व्यानर फोटो राखी राहत वितरण
बाढी पीडितहरूलाई राहत वितरण गर्ने बहानामा दलहरूले गम्भीर रूपमा आचारसंहिता उल्लङ्घन गरिरहँदा पनि निर्वाचन कार्यालयले त्यसलाई रोक्न सकेको छैन ।
स्थानीय तहको तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं २ मा आगामी असोज २ गते निर्वाचन हुन गइरहेको र भदौ १ गतेदेखि प्रदेश नं २ मा निर्वाचन आचारसंहिता लागु भइसकेको छ ।
गत हप्ता आएको अविरल वर्षात्का कारण बाढीले रौतहट जिल्लाका करिव ४ लाख जनसङ्ख्या प्रभावित र हजारौँ नागरिक घरवारविहीन भएपछि वाढीपीडितका लागि बिभिन्न व्यक्ति तथा सङ्घसंस्थाले राहत वितरण गर्दै आइरहेका छन् ।
नेपाल सरकारले राहत वितरणमा एकद्वार प्रणाली लागु गरेपनि विभिन्न राजनीतिक दल तथा तिनका भातृ सङ्गठन तथा दलसँग सम्बन्धित उम्मेदवारहरूले आआफ्नै किसिमबाट राहत वितरण गर्दै आइरहेपनि स्थानीय प्रशासनले यसलाई नियन्त्रण गर्न सकेको छैन ।
खासगरी सत्तामा रहेका दलहरूले राहत वितरणमा पूर्ण रूपमा आचारसंहिताको उल्लङ्घन गर्दै राहत वितरण गरिरहँदा समेत स्थानीय प्रशासनले त्यसलाई रोक्न नसकेको विपक्षी दलले आरोप लगाएको छ ।
भदौ २ गते नेपाली काङ्ग्रेस गौर नगरपालिकाका मेयरका सम्भावित उम्मेदवार धिरेन्द्रप्रसाद सिंहले आफ्नो फोटो समेत राखी व्यानरमा नेपाली काङ्ग्रेसका नेता उल्लेख गरी साविक वडहर्वा गाविसमा राहत वितरण गरेका छन् ।
यसैगरी सिंहले राहतमा वितरण गरेको चामलको बोरामा समेत आफ्नो फोटो र पार्टीको नाम उल्लेख गरेका छन् । सिंह गौर नपाबाट सर्वसम्मत रूपमा नेपाली काङ्ग्रेसको तर्फबाट मेयरमा सिफारिस भएका व्यक्ति हुन् ।
प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले त्यसरी राहत वितरण गर्न नपाइने भएपनि स्थानीय प्रशासनलाई कुनै जानकारी नै नदिई राहत वितरण गरिएको हुन सक्ने बताए । उनले भने-'हामीलाई थाहा छैन । हाम्रोमा कसैले उजुरी पनि दिएको छैन ।'
यसैगरी भदौ २ गते नै नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल तीनजना मन्त्रीसहित हेलिकप्टरमा रौतहटमा आएर पार्टिको नामबाट राहत वितरण गरिरहेका छन् । नेता पौडेलसँग सिञ्चाई मन्त्री सञ्जय गौतम, कृषि मन्त्री रामकृष्ण यादव र यातायात मन्त्री वीरबहादुर वलायर साथमै रहेका छन् ।
विपीन गौतम
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…