आचारसंहिता विपरीत विद्यालयमा चुनावी कार्यक्रम
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार सुरू गरेका छन् ।
राजनीतिक दलहरूले ठूला आकारका झण्डा, व्यानर सवारी साधनमा राखेर गुडाउनुका साथै सार्वजनिक स्थलहरूमा झुण्ड्याएका छन् ।
बाम गठबन्धनका उम्मेदवारहरूले राजविराज नपा-१६ पर्सा स्थित राधादेवी कैलुसिंह निमाविमा कात्तिक २० गते अगुवा कार्यकर्ता भेला सम्पन्न गरेका छन् ।
अगुवा कार्यकर्ता भेलामा प्रतिनिधि सभाका लागि सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार उमेशकुमार यादव र सोही क्षेत्रको प्रदेश सभा २ का उम्मेदवार सरोज मण्डलले सम्बोधन गरेका थिए ।
निर्वाचन आचारसंहिता २०७२ को ८ मा नेपाल सरकार, सार्वजनिक संस्था वा स्थानीय तहको भवन, अतिथि गृह, सभागृह, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने उल्लेख छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…