आचारसंहिता विपरीत मत मागेको भन्दै उजुरी
आचारसंहिता विपरीत मत माग्दै हिँडेको भन्दै मोरङ क्षेत्र नम्बर ६ मा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार बनेका शेखर कोइराला विरुद्ध मङ्सिर २० गते उजुरी परेको छ ।
निर्वाचन शुरु हुनु एक दिन अगाडि मौन अबधिमा मङ्सीर २० गते विराटनगर महानगरपालिका–५ त्रिमुर्ती चोकमा मत मागेको भन्दै क्षेत्रीय निर्वाचन कार्यालय मोरङमा उजुरी परेको हो ।
त्यसैगरी क्षेत्र नम्बर ६ को २ नम्बर प्रदेश सभा तर्फ नोपली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका केदार कार्कीले विराटनगर महानगरपालिका–१२ मा राजनैतिक सभा गरेर आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेलले बताए ।
प्रमुख सञ्जेलले उजुरीका विषयमा छानबिन भइरहेको जानकारी दिए । प्रमुख सञ्जेलले मौन अबधि शुरु भए यता मोरङमा मात्र ६ ओटा आचारसंहिता उल्लङ्घनका उजुरी परेको जानकारी दिए ।
इन्दिरा भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…