आचारसंहिता विपरीत भोट माग्दै वाम गठबन्धन
आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनका उम्मेदवारहरूले रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलबजारमा को १ च ९३७२ नम्बरको गाडीमाथि साउण्ड सिस्टम राखी चुनावी रेडियो जिङ्गल लाउडस्पिकरमा बजाएर बजारको बाटो आहोरदोहोर गर्दै आचारसंहिता उल्लङ्घन गरेका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार बनेका वाम गठबन्धनका विशाल भट्टराई, राजन राई र रामकुमार राई (पासाङ) लाई भोट हाल्न अपिल गर्दै लाउडस्पिकरमा जिङ्गल बजाएका हुन् ।
निर्वाचन आचारसंहिता २०७२ परिच्छेद २ को (क) मा जुलुश, आमसभा, र्याली, बैठक, भेला गर्दा पालना गर्नुपर्ने आचारणको (१२) मा आमसभा गरेको स्थल र समयमा बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न र गराउन नहुने उल्लेख छ ।
सुनिता मगर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…