आचारसंहिता विपरीत छाना वितरण
आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले आचारसंहिता विपरित गरिबका लागि छाना वितरण कार्यक्रम सञ्चालन गरेका छन् ।
रूपाकोट मझुवागढी नगरपालिका-८ दोर्पामा कात्तिक १६ गते नेकपा एमालेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले गरिबका लागि छाना वितरण गरेका हुन् ।
नगरपालिकाभित्रका सबै वडामा अति विपन्न घर परिवारलाई छाना वितरण गर्ने कार्यक्रम रहेको भए पनि रिजालले चुनावका मुखमा छाना वितरण गरेर मतदातालाई प्रलोभनमा पार्दै एमाललेलाई भोट लगाउनसमेत आग्रह गरेको आरोप छ ।
चुनावी समयमा कुनै पनि बजेट विनियोजन तथा कुनै पनि समान वितरण गर्न नपाइने आचासंहिता रहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको भनाई छ ।
उनले भने-'चुनावको समयमा पाइप, जस्तापाता, सिमेण्ट वितरण गर्ने गतिविधि कुनै पनि सङ्घसंस्थाले गरे वा कुनै पनि संस्था वा कार्याललयले जनतालाई प्रलोभन पार्ने खालका कार्यक्रम आयोजना गरे तत्काल कारबाही हुन्छ ।'
मेयर रिजालले नगरपालिकाका सबै वडाका अति विपन्न परिवारलाई नगरपालिकाको कार्यालयबाट छाना वितरण गर्ने कार्यक्रम रहेको र घरधुरी सर्वेक्षण गरी दोर्पाबाट जस्तापाता दिने गरी कार्यक्रम सुरू गरिएको जनाए ।
त्यसो त मेयर रिजालले आफ्नो फेसवुकमा फोटोसहित स्टाटसमार्फनै लेखेका छन्, 'नगरसभाले पारित गरेको गरिवको लागि छाना वितरण कार्यक्रम प्रारम्भ गरियो । नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मानसहित आयोजित कार्यक्रम निक्कै व्यवस्थित थियो' भनेर पोष्ट गरेका छन् ।
सुनिता मगर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…