आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन सुरु
मध्यपुरथिमि नगरपालिका क्षेत्रमा नेपाली कांग्रेससहितको सत्ता गठबन्त्रन र नेकपा एमालेले राखेको निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री निर्वाचन अधिकृतको कार्यालयले हटाउन सुरु गरेको छ ।
कार्यालयले नगर क्षेत्रको अनुगमन गर्दै जथाभावी राखिएका प्रचार सामग्री हटाउन थालेको मध्यपुरथिमि नगरपालिकाको निर्वाचन अधिकृत मैया कँडेलले जानकारी दिनु भयो ।
नगरपालिकामा नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादीले आचारसंहिता विपरित प्रचार सामग्रीहरू राख्ने गरेकाले सम्बन्धित पार्टीलाई त्यस्ता सामग्री हटाउन पटक पटक आग्रह गर्दा पनि नमाने पछि सुरक्षाकर्मीको टोली लगाएर हटाउने थालेको उहाँले बताउनु भयो ।
नगरपालिकाका बिभिन्न क्षेत्रमा पार्टीको झण्डा, चुनाब चिन्ह, फ्लेक्स, गाडीमा राखिएका झण्डा, ब्याज जस्ता प्रचार सामग्री सुरक्षाकर्मी लगाएर हटाउने काम भइरहेको उहाँले जानकारी दिनु भयो ।
निर्वाचन अधिकृत कडेलले भन्नुभयो, “हामीले दैनिक एक पटक अनुगमन गर्ने गरेका छौँ, बजार र भित्री गल्लीमा निर्वाचन आचारसंहिता विपरीत प्रचार सामग्रीहरू राखिएको पाइएको छ, त्यस्तो अबस्थामा तत्कालै दलका नेताहरूलाई जानकारी गराउदै हटाउने काम गरेका छौँ ।”
मध्यपुरथिमि नगरपालिकाका सहायक निर्वाचन अधिकृत केशव सिलवालले आचारसंहिता उलङ्घन गर्नेमा ठूला दलनै रहेको बताउदै लिखित उजुरी नआए पनि मौखिक उजुरी र अनुगमनकका क्रममा त्यस्ता आचारसंहिता विपरीतको सामग्री हटाउदै, फेरी नराख्न कडा निर्देशन दिने गरेको बताउनु भयो ।
दलहरूले घरदैलोको क्रममा राखेको प्रचार सामग्री हटाउँछौ भन्ने जवाफ दिने गरेको उहाँको भनाइ छ । ठूला दलले नियम मिच्दा साना दल र स्वतन्त्र उम्मेदवार मारमा पर्ने गरेको छन् ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…