आचारसंहिता विपरित स्थानीय तहका पदाधिकारी चुनावी प्रचारमा
आफू निर्वाचित भएको स्थानीय तहमा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाइने प्रावधान भएपनि तनहुँको विभिन्न स्थानीय तहका पदाधिकारीहरू प्रचार प्रसारमा हिँडेका छन् ।
ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे उम्मेदवारको प्रचारप्रसारमा हिँडेका हुन् ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्ष आफ्नै स्थानीय तहका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा पार्टीका उम्मेदवारसँग सहभागी हुन थालेका हुन् ।
निर्वाचन आचारसंहिता २०७९ को दफा ५ बमोजिम स्थानीय तहका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा प्रचारप्रसारमा गर्न पाइँदैन । तर, अर्को स्थानीय तहमा सरकारी स्रोतसाधनको प्रयोग नगरी प्रचारप्रसारमा हिँड्न भने छुट दिइएको छ ।
उम्मेदवारको प्रचारप्रसारमा हिँडेको बारेमा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले आफ्नै गाउँ ठाउँमा उम्मेदवार आएपछि केही समय सँगै हिँडेको बताउनु भयो ।
उहाँले अहिले चुनावी प्रचार भन्दा पनि घरदैलो अभियान भएको हुँदा यसले आचारसंहिता उल्लङ्घन नहुने बताउनु भयो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले निर्वाचन आचारसंहिताको पुर्ण पालनाको लागि सबै राजनीतिक दल, उम्मेदवार र स्थानीय तहका जनप्रतिनिधिलाई अनुरोध गरिएको बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयक ल्याउन द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…