आचारसंहिता मिच्दै चुनाव प्रचार
नवलपरासीमा स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न दलका नेता तथा कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचारलाई तीव्रता दिएको राससले जनाएको छ ।
चुनावी प्रचार अभियान तीव्र बनाएसँगै विभिन्न दलका उम्मेदवार र अन्य नेता कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचार अभियानमा सञ्चालन गरेका हुन् । प्रदेश नं ४ को नवलपुर क्षेत्रमा विभिन्न दलले निर्वाचन आचारसंहिता विपरीत प्रचारका लागि धेरै मात्रामा मोटरसाइकल यात्रालाई जोड दिइरहेका छन् ।
यसैगरी, आचारसंहिता विपरीत नवलपुर क्षेत्रमा कतिपय दल बिहानै ७ बजेदेखि नै चुनावप्रचारमा निस्कने गरेका छन् । निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को 'क’ को १३ मा 'निर्वाचन प्रचारप्रसारका क्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारीसाधनको र्याली गर्न वा गराउन नहुने’ उल्लेख रहेको छ ।
निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेलगत्तै उम्मेदवार चुनावी प्रचारमा जुटेका हुन् । निर्वाचन आयोगले प्रचारप्रसारका लागि ६ दिनको समय दिएको छ । उम्मेदवारले बिहान ८ देखि साँझ ७ बजेसम्म प्रचारप्रसार र चुनावी कार्यक्रम गर्न पाउनेछन् । वैशाख २८ गते रातको १२ बजेपछि प्रचार प्रसारका कार्यक्रम गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
नवलपरासीमा कामय भएको १५ वटा स्थानीय तहमध्ये प्रदेश नं ४ मा पर्ने आठवटा स्थानीय तहमा पहिलो चरणमा निर्वाचन हुँदैछ जसमध्ये चारवटा नगरपालिकामा र चारवटा गाउँपालिकामा निर्वाचन हुनेछन् । पहिलो चरणमा नगरपालिकातर्फ गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दुमा निर्वाचन हुनेछन् भने गाउँपालिकातर्फत बुलिङटार, बुङ्दीकाली, हुप्सेकोट र विनयी त्रिवेणी रहेका छन् ।
नवलपरासीमा हाल ६ वटा निर्वाचन क्षेत्र छन् जसमध्ये क्षेत्र नं १, २ र ३ मा पहिलो चरणमा निर्वाचन हुँदैछ । विशेषगरी क्षेत्र नं १, २ र ३ मा नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)बीच प्रतिस्पर्धा हुने देखिन्छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार पहिलो चरणमा निर्वाचन हुने प्रदेश नं ४ मा करिब १ सय ३२ मतदानस्थल र २ सय ८७ मतदान केन्द्र रहनेछन् । पहिलो चरणमा निर्वाचन हुने नवलपरासीको प्रदेश नं ४ को आठवटा स्थानीय तहमा करिब २ लाख मतदाता छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…