आचारसंहिता पालना गर्न आयोगको आग्रह
निर्वाचन आयोगले राजनीतिक कामका सिलसिलामा निजी हेलिकोप्टर प्रयोग गर्दा आयोगको पूर्व स्वीकृति लिएर मात्र त्यसो गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको राससले जनाएको छ ।
आयोगको फागुन २२ गते बसेको बैठकले निर्वाचन प्रचार-प्रसारमा संलग्न नहुने व्यवस्थाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
साथै आयोगले मन्त्रीहरूलाई सरकारी कामको सिलसिलामा सरकारी सवारी साधन तथा राजनीतिक काममा निजी सवारी साधन प्रयोग गर्दा आयोगको पूर्व स्वीकृति लिएर मात्र जिल्लाको सदरमुकामसम्म प्रयोग गर्न पाउने तथा निर्वाचन प्रचार-प्रसारमा उहाँहरू संलग्न नहुने व्यवस्थाका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले सांसदलाई कुनै दल वा उम्मेदवारको प्रचार-प्रसारको लागि सरकारी सवारी साधन एवम् सरकारी साधन स्रोत प्रयोग नगर्ने व्यवस्था हुन व्यवस्थापिका-संसद् सचिवालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
आयोगका अनुसार विश्वविद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेसागत सङ्घ सङ्गठनहरूको पूर्व निर्धारित कार्यतालिका बाहेकका निर्वाचन नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिनेसमेत निर्णय भएको छ ।
“लोक सेवा आयोग तथा न्याय सेवा आयोगले सञ्चालन गरेको पदपूर्ति प्रक्रिया निरन्तर सञ्चालन हुनेछ । सोबाहेक लोक सेवा आयोगको अध्यक्षता वा प्रतिनिधित्व गरी सञ्चालन भएका विभिन्न सङ्घ संस्थाका (राजनीतिक नियुक्ति बाहेक) कर्मचारीको पदपूर्ति प्रक्रियालाई निरन्तरता दिन सहमति दिने तर अन्तर्वार्ताबाट मात्र कर्मचारी छानिने भएमा त्यस्तो पदपूर्ति कार्य निर्वाचन अवधिभर रोक्नेसमेत निर्णय भएको छ”-आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…