आचारसंहिता उल्लङ्घन गर्दै इलामका राजनीतिक दलहरू
दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि इलामका राजनीतिक दलहरूले निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालय कतैबाट पनि अनुमति नलिइ सवारी साधन प्रयोग गरेको पाइएको छ ।
निर्वाचन नजिकिँदै गर्दा प्रचार-प्रसारका लागि जिल्लास्थित नेपाली काङ्ग्रेस, नेकपा एमालेसहित अन्य दलहरूले पनि आ-आफ्ना दलका झण्डा राखेर सवारी साधन प्रयोग गरिरहेका छन् ।
तर, अहिले सम्म कुनै दलहरूले पनि निर्वाचनका लागि प्रयोग गरिने सवारी साधनको अनुमति नलिएको इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
दलहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय कतैबाट पनि सवारी अनुमति नलिएको जिल्ला निर्वाचन अधिकारी प्रेम काफ्लेले जानकारी दिए ।
'दलहरूले इलामका मुख्य बजार तथा चोकहरूमा र सार्वजनिक स्थलहरूमा आ-आफ्ना झण्डा पनि राखेको पाइएको छ ।' काफ्लेले भने-'यो कार्य निर्वाचन आचारसंहिता विपरीत हो । यी झण्डाहरू तत्काल हटाउन दलहरूलाई पत्राचार गरेर आग्रह गर्नेछौँ ।'
सबै दलका झण्डा चोक बजारमा राखिएकाले आफ्नो दलको झण्डा पनि राखेको माओवादी केन्द्रका कार्यालय सचिव जीवन शर्माले बताए ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
बाढीपहिरोका कारण पनौतीमा धेरै क्षति (फोटो फिचर)
पनौती नगरपालिकाले आफ्नो नगरपालिकामा बाढी–पहिरोका कारण जनजीवन विकराल अवस्थामा पुगेको बताउँदै सहयोगको अपिल गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले विज्ञप्ति जारी गर्दै सहयोगको अपिल गर्नु भएको हो । पनौती…
कोशी प्रदेशमा मनसुनजन्य विपदका कारण चार अर्ब बढीको नोक्सान, १८ ओटा सामुदायिक विद्यालय भवनमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा वडाध्यक्षका लागि उपनिर्वाचन हुने
सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा वडाध्यक्षका लागि ०८१ मङ्सिर १६ गते नै उपनिर्वाचन हुने भएको छ । बैदेशिक रोजगारीमा जानु भएका सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि सिकैचामा…
आर्थिक अभावले उपचार नपाएका बोहराको चार वर्षदेखि गोठमा बास
घरको आर्थिक अवस्था निकै कमजोर भएर उपचार हुन नसकेका सिमकोट गाउँपालिका–२, ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा विगत चार वर्षदेखि गोठमा बस्न बाध्य हुनुभएको छ । आँखा नदेख्ने र हिँड्डुल…
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले समस्या भोग्नु परेको छ । कारागारमा कैदीबन्दीका लागि आवश्यक पर्ने…