आचारसंहिता उल्लङ्घन गरेको भन्दै पुष्पकमल दाहाललाई सोधियो स्पष्टिकरण

  ०७९ असोज २६ गते

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ ।

असोज २३ गते उम्मेदवारी दर्ता गर्न जाँदा पञ्जेबाजासहित जुलुस साथमा लिएर मनोनयन गरेको श्रव्यदृश्य सामग्री सार्वजनिक भएको भन्दै सोसम्बन्धमा असोज २६ गतेृ दाहाललाई आयोगले स्पष्ट पार्न भनेको हो ।

निर्वाचन आचारसंहिता २०७९ को दफा १३ को उपदफा (१) को ‘ण’ मा बाजासहित जुलुस निकाल्न निषेध गरिएको छ ।

उक्त व्यवस्थाको उल्लङ्घनमा किन कारवाही गर्नु नपर्ने हो ? पत्र प्राप्त भएको मितिले सात दिन भित्र स्पष्टीकरण पेश गर्न दाहाललाई आयोगले भनेको छ ।


हरिराम उप्रेती