आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी
प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेसका उम्मेदवार दिपक खड्का र प्रदेशसभा (क) का उम्मेदवार टङ्क राईले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारमा हेलिकप्टर प्रयोग गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कात्तिक २० गते उजुरी परेको छ ।
कात्तिक १९ गते खड्का र राई जिल्लाको उत्तरी भाटखोला गाउँपालिकाको विभिन्न क्षेत्रमा निर्वाचन प्रचारमा हेलिकप्टर प्रयोग गरी गएको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एमालेले संयुक्त उजुरी दिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिए ।
हेलिकप्टर प्रयोग गरेर प्रचारप्रसार गरियो भन्दै उजुरी परेकाले अनुमति लिएर हेलिकप्टर प्रयोग भएको वा होइन भनेर आफुहरूले उमेदवारसँग लिखित जबाफ माग गरेको राउतले बताए ।
बाबुराम बास्तोला
सम्बन्धित समाचारहरू
जलविद्युत आयोजनाको सामग्री बोक्ने ठुलागाडीले गर्दा सर्वसाधारणको स्वास्थ्य समस्या
हिमाली जिल्ला म्याग्दीको रघुगङ्गा गाउँपालिका भित्र निर्माणधिन आठ ओटा जलविद्युत आयोजनाका कारण गाउँपालिकाका चार ओटा वडाका सर्वसाधारणमा स्वास्थ्य समस्या थपिएको छ । बिहानैदेखि गाडी कुद्न थाल्दासाथ धुलोले गाउँघरनै पुरै छोप्ने…
हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…