आचारसंहिता उल्लङ्घन गरेको आरोपमा दुई जनासँग स्पष्टीकरण
आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ का जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयले दुई जनालाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता विपरित सामाजिक सञ्जालमा अभिव्यक्ति दिने एक जना र सामाजिक सञ्जालमा कांग्रेसका उम्मेदवारलाई भोट माग्ने एक जना कर्मचारीलाई प्रशासनले स्पष्टीकरण सोधेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार अम्विरबाबु गुरुङविरूद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति दिने राष्ट्रिय भूमि आयोग ओखलढुङ्गाका सदस्य नवराज खड्कालाई २४ घण्टे स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनु भयो ।
निर्वाचन आचारसंहिता विपरित फेसबुकमा उम्मेदवारविरूद्ध विभिन्न अभिव्यक्ति दिएको आरोपमा खड्कालाई स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो ।
खड्काले प्रशासन र निर्वाचन कार्यालयमा स्पष्टकीरण पेश गर्नु भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो ।
खिजीदेम्बा गाउँपालिकाका कर्मचारी शेरसाङ्गे शेर्पाले कांग्रेस उम्मेदवारका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत भोट मागे पछि उहाँविरूद्ध कात्तिक ७ गते उजुरी परेपछि स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्पष्टीकरण सोधिएका दुवै जनाले आफुहरूले सामाजिक सञ्जालमा राखेको पोष्टहरू हटाउने र आगामी दिनमा आचारसंहिता विपरितका कार्य नगर्ने प्रतिवद्धता जनाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद न्यौपानेले बताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रहरीले सुक्ष्म रूपमा आचारसंहिता पालना भए नभएकोबारे निगरानी गरिरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख न्यौपानेको भनाइ छ ।
सरस्वती बानिया
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…