आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रधानध्यापकलाई सोधियो स्पष्टिकरण
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति पर्वतले फलेवास नगरपालिका–४ मा सञ्चलित बाल प्राथमिक विद्यालयका प्रधानध्यापक छविलाल तिवारीलाई स्पष्टिकरण सोधेको छ ।
असोज ३० गते मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठको संयोजकत्वमा बसेको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकले उजुरीका आधारमा छानबिन गर्दा निर्वाचन आचारसंहिता २०७९ को दफा १० को खण्ड ‘ज’ विपरित सामाजिक सञ्चालमा कुनै राजनीतिक दलका उम्मेदवारको पक्ष विपक्ष लिई फेसबुकमार्फत भोट मागेको भन्दै २४ घण्टा भित्र स्पष्टिकरण दिन माग गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माद्वारा असोज ३० गते जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता ०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐनको दफा २३ अनुसार कार्बाही प्रक्रिया अगाडि बढाउने गरी स्पष्टिकरण माग गरिएको उल्लेख छ ।
कार्यालयले सोही विज्ञप्तिमार्फत कोही कसैले पनि आचारसंहिता विपरितका गतिविधि नगर्न र नदोहोर्याउन समेत आग्रह गरेको छ ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…