आचारसंहिता उल्लङ्घनको आरोपमा उजुरी
स्वास्थ्यमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दीपक बोहोराले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको राससले जनाएको छ ।
आचारसंहिता विपरीत आफ्नो निर्वाचन क्षेत्रमा बिजुलीका पोल तथा पैसा बाँडेको भन्दै उनको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको हो । रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका स्वास्थ्यमन्त्री बोहोराले मतादातालाई प्रभावित गर्ने गरी शुद्धोधन गाउँपालिका-४ को जुगडीहवा र वडा नम्बर ५ को शीतलपाटीको थारु गाउँमा मङ्सिर ९ गते राति २२ थान बिजुलीको पोल बाँडेको अरोप लगाइएको छ ।
शुद्धोधन गाउँपालिका-४ का वडाध्यक्ष राजेन्द्र कँडेल, वडा नम्बर ३ का वडाध्यक्ष हेमबहादुर खड्का र वडा नम्बर ५ का वडाध्यक्ष पुन्यराम गौतम, वडा सदस्य हेमन्त थापा, भुनेश्वर थारुलगायत १ सय जनाभन्दा बढी सर्वसाधारणले हस्ताक्षर गरी निर्वाचन आचारसंहिता विपरीत जनतालाई प्रलोभन दिने उम्मेदवारको उम्मेदवारी खारेजी गर्न माग गरेका हुन् ।
यसैबीच सो ठाउँमा निर्वाचन आचारसंहिता विपरीत बिजुलीको पोल खसालेको भन्दै निर्वाचन आचारसंहिता अनगुमगन समिति रुपन्देहीका सदस्य खिमप्रसाद अर्यालको टोली सोही ठाउँमा पुगी स्थलगत अध्ययन गरेको छ ।
निर्वाचन अधिकृत कार्यालयको आचारसंहिता अनुगमन टोलीले आचारसंहिता अनुगमन उल्लङ्घनको अनुगमन गरी तत्काल ती पोल शुद्धोधन गाउँपालिकाको मातहतमा राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए । निर्वाचनपश्चात् आवश्यक छलफल गरी आवश्यक ठाउँमा गाउँपालिकाले ती पोल वितरण गर्ने भएको छ ।
मन्त्री बोहोराले आफूले आचारसंहिता विपरीत हुने गरी कुनै काम नगरेको भन्दै विद्युत् पोल वितरण गरेको आरोपको खण्डन गरेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…