आचारसंहिता उल्लङ्घनका ४ सय ८१ घटनाको तथ्याङ्क सार्वजनिक
इन्सेकले निर्वाचन आचारसंहिता जारी भएदेखि कात्तिक २९ गतेसम्मको अवधिमा ४ सय ८१ ओटा आचारसंहिता उल्लङ्घनका घटना अभिलेख गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
इन्सेकले मङ्सिर १ गते जारी गरेको प्रतिवेदनमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
‘इन्सेकले सातै प्रदेशमा रहेका प्रदेश कार्यालय र ७७ ओटै जिल्लामा रहेका जिल्ला प्रतिनिधि तथा ७ सय ५० जना निर्वाचन पर्यवेक्षकहरूमार्फत यस्ता घटनाका तथ्य/तथ्याङ्क सङ्कलन गरेको हो ।’–प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा नेपाली कांग्रेसबाट १ सय ४९, नेकपा माओवादी केन्द्रबाट १ सय १५ र नेकपा एमालेबाट ८० ओटा आचारसंहिता उल्लङ्घनका घटना भएका उल्लेख गरिएको छ ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट ६८, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २४ र राज्य पक्षबाट ११ ओटा आचारसंहिता विपरितका घटना भएका छन् ।
अभिलेखित घटना अनुसार सबैभन्दा बढी ठूलो सङ्ख्यामा जुलुस निकालेका १ सय ४४ घटना छन् । त्यसैगरी ठूलो आकारका झण्डाको प्रयोग गरिएका ७९ र तोकिएकाभन्दा धेरै सवारी साधन प्रयोग गरिएका ७६ घटना अभिलेख गरिएको छ ।
इन्सेकले प्रतिवेदनमार्तफत राजनीतिक दलहरू पनि आचारसंहिता पालनाका सन्दर्भमा इमानदार बन्नुपर्छ । सरकार र राजनीतिक दलहरूको इमानदारिताले नै निर्वाचनलाई मर्यादित बनाउँछ भनेको छ ।
‘राजनीतिक दलको चुनाव चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोलाजस्ता साङ्केतिक सामग्री प्रयोग, विक्री वा प्रदर्शन गर्न/गराउन नहुने आचारसंहिताले भनेको छ तर यो प्रावधानको सबैभन्दा बढी दुरूपयोग भएको देखिन्छ । राजनीतिक दलका घरदैलो कार्यक्रममा टिसर्ट, टोपीको प्रयोग अधिक मात्रामा भएको पाइएको छ ।’–प्रतिवेदनमा उल्लेख छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…