आचारसंहिता उलङ्घन गर्दै जनप्रतिनिधि
निर्वाचन आचारसंहिता अनुसार स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहभित्र कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न र मत माग्ने कार्यक्रम लगायत चुनावी सभा समारोहमा समेत हिड्न प्रतिबन्ध लगाए पनि जिल्लामा भने केही जनप्रतिनिधिहरूले आचारसंहिता विपरीतका गतिविधिमा संलग्न भएको पाइएको छ ।
०७९ कात्तिक १६ गते विदुर नगरपालिका–४ बट्टारमा विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटीले नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त चुनावी कार्यक्रममा सहभागी हुनु भएको हो ।
उक्त चुनावी कार्यक्रममा नुवाकोट क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी, क्षेत्र नं. २ प्रदेश ‘क’ का नेकपा माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुंगाना लगायतको सहभागिता रहेको कार्यक्रममा उपमेयर बोगटी पनि सहभागी हुनु भएको हो ।
स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पालिकाभित्र कुनै चुनावी कार्यक्रममा सहभागी हुन समेत नपाइने र अर्को पालिकाको चुनावी कार्यक्रममा सहभागी हुन पाए पनि सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटका आचारसंहिता अनुगमन अधिकृत रामशरण पुडासैनीले बताउनुभयो ।
जिल्लामा आचारसंहिता उलङ्घनका घटना फाट्टफुट्ट भएको पाइएको र त्यसलाई तत्काल आचारसंहिता अनुसारका काम गर्न निर्देशन दिइएको अधिकृत पुडासैनीको भनाई छ ।
गाडीमा झण्डा राख्ने, व्यानर बनाउने जस्ता घटना भेटिएको र तत्काल सच्याउन लगाएको लिखित उजुरी आएको हकमा लिखित रुपमा नै र मौखिक उजुरी आएको हकमा मौखिक रुपमा नै आचारसंहिता पालना गर्न निर्देशन दिइएको उहाँको भनाई छ ।
यस्तै, नुवाकोट क्षेत्र नं. १ का नेकपा एमालेका प्रतिनिधि सभातर्फका उम्मेदवार बद्री मैनालीले पैसा बाँडेको उजुरी परेपछि आयोगले नै मैनालीसँग स्पष्टीकरण माग गरेको थियो ।
विशेष गरी जनप्रतिनिधिहरूले आचारसंहिता विपरित आफ्नो स्थानीय तहमामा उम्मेदवारसँग भोट माग्न हिंडेको तस्वीरहरू सामाजिक सञ्जालमा राखिएको देखिए पनि उजुरी नपरेको भन्दै आचारसंहिता अनुगमन समिति मौन रहेको पाइएको छ ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…