आचारसंहिता उल्लङ्घन गरेको आरोपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

  ०८० वैशाख १० गते

चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा आचारसंहिता उल्लङ्घन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र प्रमुख जिल्ला अधिकारीविरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ०८० वैशाख १० गते उजुरी परेको छ ।

चितवन क्षेत्र नं. २ मा मतदान भइरहेको बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको र मतदान केन्द्रमा हुलहुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको भन्दै नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले उजुरी दिएका हुन् ।

भरतपुर महानगरपालिका-११ को नयाँकिरण मावि मतदान केन्द्रमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा रास्वपालाई माफी माग्न लगाउने र कारबाही गर्ने उजुरीमा उल्लेख छ ।

Photo_080-1-10_Chitwan.


दिपेन्द्र अधिकारी