आगो लगाएर हत्या गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी
कञ्चन गाउँपालिका-५ पिपरीचापाकी १६ वर्षीया बालिका समीक्षा मल्ललाई आगो लगाएर मारेको भनी मृतकका ३६ वर्षीय बावु तेजबहादुर ठकुरी, ६० वर्षीय हजुरआमा हरिकला माया ठकुरी, फुपूहरू ४० वर्षीय मधु ठकुरी र अमृता ठकुरीविरूद्ध मृतककी आमा माया थापाले असार २२ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी छन् ।
मृतक बालिकालाई आरोपितहरूले असार १० गते बिहान साढे २ बजे मटितेल छर्किएर जलाएको मृतककी आमा माया थापा र मावली पक्षको आरोप छ ।
घटना भएकै बेलामा चिच्याएर रोइकराई गरेको आवाज सुनिएपछि छिमेकी र मृतककी हजुरआमा, फुपू र बुवाले छटपटाइरहेकी समीक्षाको शरीरको आगो निभाएर तुरून्तै उपचारका निमित्त बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा पुर्याइएको थियो ।
अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि पाल्पा रिफर गरिएको र पाल्पाबाट पनि उपचार सम्भव नभएपछि सोही दिन नै काठमाडौँको किर्तिपुर अस्पतालमा रिफर गरिएको थियो ।
आगोले पोलेर शरीरका अधिकांश भाग जलेर गम्भीर घाइते भएकी बालिकाले अन्तिम पटक बोल्दा अस्पतालमा उपचारका क्रममा घाइतेलाई कुरेर बसेकी मृतककी सानीमा रचना बुढाथोकीसँग 'मलाई मेरै हजुरआमाले मट्टितेल खन्याएर आगो लगाएर यो हालत बनाएकी हुन्' भनेकी थिइन् । उपचारकै क्रममा असार २० गते बिहान ६ बजे किर्तिपुर अस्पतालमा समीक्षको मृत्यु भएको प्रहरीले जनाएको ।
मृतककी सानी आमा रचना बुढाथोकीले भनिन्-'उपचार कक्षमा मलाई मोवाइल लैजान दिइएन । छोरीले भनेको रेकर्ड गर्न पाइन । समीक्षाले स्पष्ट भनेकी थिइ मलाई हजुरआमाले मट्टितेल खन्याएर आगो लगाइदिनु भएको हो ।'
मृतकका आफ्न्तले आरोपितहरूले मृतक बालिका जन्मेको ९ महिनादेखि वास्ता नगरेकाले घरमा बस्न नसकेर मावलीमा बस्दै हुर्कदैँ पढ्दै आएकोमा ०७४ को तिहारदेखि घरमै बसेर पढ्ने र आफ्नो हक र अधिकार जसरी पनि लिएरै छाड्ने अडानका साथ घरमै बसेकी थिइन् । 'त्यही भएर भाञ्जीलाई योजनाबद्ध रूपमा हत्या गरेको हुनुपर्छ ।'-मृतक बालिकाका मामा बोमबहादुर दर्लामीले भने ।
मृतक समीक्षा कञ्चन गाउँपालिका-४ मा रहेको भुपू सैनिक इङ्गलिस बोर्डिङ्ग स्कुल कक्षा १० मा पढ्ने विद्यार्थी हुन् ।
बालिकाको मृत्यु भैसकेपछि मृतकका बाबु तेजबहादुर ठकुरीले असार २० गते घटनाको विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिपाउँ भनी काठमाडौँस्थित प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको र सो उजुरी इलाका प्रहरी कार्यालय बुटवलमा पठाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले उजुरी घरपरिवारलाई किटानी गरेर दिएकाले उजुरीलाई इलाका प्रहरी कार्यालय सालझण्डीमा पठाइएको बताए ।
उनले घटनाका विषयमा अनुसन्धान भइरहेको र घटनामा जोसुकैको संलग्नता भएको भए पनि उम्कन नपाउने बताए । शवको पोष्टमार्टम शिक्षण अस्पताल काठमाडौँमा असार २० गते गरिएको प्रहरीले जनायो ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…