आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित मतदाता नामावली सङ्कलन सुरु
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले ०७९ असार १ गतेबाट मतदाता नामावली सङ्कलन कार्य सुरु गरेको छ ।
सरकारले गत २०७८ माघ २४ गते स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते गर्ने भनेर मिति घोषणा गरेपछि माघ २५ गतेदेखि नै मतदाता नामावली सङ्कलन स्थगित भएको थियो ।
स्थगित भएको उक्त मतदाता नामावली सङ्कलन कार्य पुनः सुरु गर्न लागेको निर्वाचन आयोगले ०७९ जेठ ३१ गते एक विज्ञप्ति प्रकाशन गरी जनाएको हो ।
आयोगका प्रवक्ता प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नागरिकता लिएका व्यक्तिले ७७ ओटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयहरू, सबै जिल्ला प्रशासन कार्यालय एवम् ७३ ओटा इलाका प्रशासन कार्यालयले मतदाता नामावलीमा नाम सङ्कल गर्न सक्नेछन् ।
पौडेलका अनुसार विभिन्न पेशा व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रुपमा बसोबास गरेकाहरूले पनि आफू बसेकै स्थानबाट तोकिएका निकायमा गएर मतदाता नामावलीमा आफ्नो नाम टिपाउन सक्ने छन् ।
तर उनीहरूले मतदान भने आफ्नो मतदाता नामावली जहाँ छ त्यहीँबाटै गर्न पाउने उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै आयोगले मतदाता नामावलीमा आफ्नो नाम, थर, लिङ्ग, जन्मस्थान लगायतको कुनै पनि विवरणमा त्रुटी भएको भए यही बेला निवेदन दिएर दर्ता अधिकारी (निर्वाचन अधिकारी) मार्फत त्यसलाई सच्याउन सकिने बताएको छ ।
त्यसैगरी ईच्छुक मतदाताले यसै बेला साथै आफूलाई पायक पर्ने मतदान केन्द्रमा मतदाता मतदाता नामावली स्थानान्तरण गर्न पनि सकिने आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
पौडेलेका अनुसार यदि कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको विवरण उल्लेख गरी आयोगका निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछन् ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…