आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार रुपियाँ सहयोग उपलब्ध गराइएको छ ।
रेडक्रस लमजुङ शाखाका सभापति ऋषिराम घिमिरेले पीडितलाई उक्त राहत सामाग्री प्रदान गर्नुभएको थियो भने प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले माघ २२ गते नगद रकम हस्तान्तरण गर्नुभएको थियो ।
रेडक्रसबाट तथा जिल्ला प्रसाशनबाट राहत सामाग्री एवम् नगद लमजुङका इन्सेक प्रतिनिधि प्रमोद अधिकारीको रोहवरमा हस्तान्तरण गरिएको थियो ।
गाइना गुरुङको परिवार बस्दै आएको घर माघ ८ गते बेलुका खाना पकाउँदा आगलागी भएको थियो । आगलागीबाट घर जलेर क्षति भएकाले परिवार विस्थापित भएको छ । आगलागीबाट घरभित्र भएका सम्पूर्ण लत्ता कपडा, भाँडावर्तन, नगद, महत्वपूर्ण कगजात लगायतका सामान जलेर नष्ट भएको छ ।
आगलागिबाट रु ५ लाख बरावरको क्षती भएको पिडित गुरुङले जानकारी दिनुभयो ।
प्रमोद अधिकारी
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…