आँबुखैरेनीबाट ६ जना बाल श्रमिकको उद्धार
राष्ट्रिय बाल दिवसको अवसर पारेर जिल्ला बालकल्याण समिति तनहुँले आँबुखैरेनी बजारबाट भदौ २९ गते ६ जना बाल श्रमिकको उद्धार गरेको छ ।
जिल्ला बालकल्याण समितिकी सदस्य सचिव एवम् महिला तथा बालबालिका कार्यालयकी प्रमुख रमा अधिकारीको नेतृत्वमा समितिका कर्मचारी, आँबुखैरेनी नगरपालिका, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँ उद्योग बाणिज्य सङ्घ आँबुखैरेनी इकाईलगायतको संलग्नतामा ती बालश्रमिकको उद्धार गरिएको जिल्ला बालकल्याण समितिका अधिकृत सन्तोष गोदारले जानकारी दिए ।
उद्धार गरिएकामा तीन जना बालक र तीन जना बालिका रहेका छन् । उनीहरू मध्ये चार जना होटलबाट, एक जना मोटर ग्यारेजबाट र एक जनालाई व्यक्तिको घरबाट उद्धार गरिएको हो ।
उद्धार गरिएकाहरू १२ वर्षेखि १६ वर्षउमेर समूहका छन् । उद्धार गरिएकाहरु सबै बाल श्रमिकलाई तत्कालको लागि आँबुखैरेनीमा रहेको बालगृहमा राखिएको छ । ती बालबालिकाको अविभावकको पहिचान गरी अविभावक लिन आउनेलाई उनीहरूसँगै पठाउने र अविभावक नभएका बालबालिकालाई बालगृहकै संरक्षणमा राखिने महिला तथा बालबालिका कार्यालयकी प्रमुख अधिकारीले बताइन् ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…