अस्पताल सुधारको माग गर्दै सद्भावना गजेन्द्रवादीका अध्यक्ष आमरण अनसनमा
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुधारको माग गर्दै नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारी मङ्सिर ८ गते अपरान्हदेखि आमरण अनसनमा बसेका छन् ।
अस्पताल बालमैत्री हुनुपर्ने, बिरामीहरूलाई पोषिलो र स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने, चिकित्सकहरू उपलब्ध हुनुपर्ने, निर्मार्णाधिन प्रसुति गृह अविलम्ब पुरा हुनुपर्ने, शौचालय र धाराहरू चालु हुनुपर्नेलगायतका माग गर्दै मधेसी मोर्चाका वरिष्ठ सल्लाहकार समेत रहेका तिवारीले अस्पताल परिसरमा आमरण अनसन थालेका हुन् ।
अस्पतालको अव्यवस्था, असुविधाको विरोध जनाउँदै मधेसी मोर्चा सप्तरीले अस्पतालमा विभिन्न सुधारको माग गर्दै कात्तिक १२ गते अल्टिमेटमसहितको २४ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रको स्मरण गराउन आएका तिवारीले आकस्मिक रूपमा अनसन सुरु गरेका हुन् । तिवारीले अनुसार ज्ञापनपत्रको स्मरण गराउन आएको मोर्चाको टोलीसँग अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. दिलिपकुमार साहले दुर्व्यवहार गरेको आरोप लगाउँदै त्यसलगत्तै अनसन सुरु गरिएको बताए ।
मोर्चाले निशुल्क वितरण हुने औषधिहरूको सूची, चिकित्सक, कर्मचारीको दैनिक समय तालिका सार्वजनिक रूपमा टाँस्नुपर्ने तथा प्राप्त बजेट र खर्च विवरण उपलब्ध गराउनु पर्ने माग राखेको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय…
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…