अस्पताल सुधारको माग गर्दै थप चार जना आमरण अनसनमा
राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुधारको माग गर्दै आमरण अनसन बसेका नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारीलाई साथ दिँदै थप चारजना मङ्सिर ९ गते बिहानदेखि आमरण अनसनमा बसेका छन् ।
आमरण अनसनमा मधेसी मोर्चाका जिल्ला संयोजक एवम् सरिता गिरी नेतृत्वको नेसपाका जिल्ला अध्यक्ष सुबी यादव, मोर्चाका सचिवालय सदस्य एवम् एकीकृत नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रभाकर सिंह, नेसपा गजेन्द्रवादीका केन्द्रीय सदस्यहरू एवम् मोर्चाका सचिवालय सदस्यहरू जयसुन्दर खिडहरी यादव र सावित्री पण्डित थपिएका हुन् । तिवारीले मङ्सिर ८ गते अपरान्हदेखि आमरण अनसन थालेका थिए ।
अस्पतालको अव्यवस्था र असुविधाको विरोध जनाउँदै मधेसी मोर्चा सप्तरीले अस्पतालमा विभिन्न सुधारको माग गर्दै कात्तिक १२ गते अल्टिमेटमसहितको २४ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रमार्फत निशुल्क वितरण गरिने औषधिहरूको सूची, चिकित्सक, कर्मचारीको दैनिक समय तालिका सार्वजनिक रूपमा टाँस्नुपर्ने, प्राप्त बजेट र खर्च विवरण उपलब्ध गराउनु पर्ने, बिरामीहरूलाई पोषिलो र स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने, शौचालय र धाराहरू चालु हुनुपर्नेलगायतको माग गरिएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय…
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…