अस्पताल र गाउँपालिका भवन निर्माण नहुँदा सेवाग्राही समस्यामा
नेपाल सरकारले नागरिकलाई गुणस्तरीय सेवा घरदैलोबाट प्रदान गर्ने भने तापनि उत्तरगया गाउँपालिकामा आवश्यक भौतिक संरचनाको अभावले सेवा प्रवाह हुन सकेको छैन । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न एक गाउँ एक अस्पताल खोल्ने भने पनि उत्तरगया गाउँपालिका र अस्पतालका लागि हालसम्म जग्गा प्राप्त हुन नसकेकोले सेवाग्राही समस्यामा परेका छन् ।
गाउँपालिका भवन निर्माणका लागि जग्गा प्राप्ति नभएपछि उत्तरगया गाउँपालिकाले अझै जोखिम स्थानमा रहेर सेवा प्रवाह गरिरहेको छ । तीन वर्ष अघि गाउँपालिकामा अस्पताल खोल्ने कुरा भए पनि हालसम्म कुरैमा सिमित भएको उत्तरगया गाउँपालिकाका स्थानीय पुरुषोत्तम पौडेलले बताउनु भयो । सार्वजनिक जग्गा रहेको ठाउँमा स्थानीय सरकारले अस्पताल बनाउन थाले राम्रो हुने उहाँको भनाइ छ । अस्पताल नहुँदा नुवाकोट र काठमाडौँ पुगेर सेवा लिन स्थानीयलाई समस्या परेको छ ।
जग्गा प्राप्ति नभएकोले अस्पताल निर्माण सुरु हुन सकेको छैन । जग्गा प्राप्तिका लागि सङ्घीय सरकारमा अनुरोध गरे पनि अनुमति प्राप्त नभएपछि जोखिम भएको ठाउँबाट काम चलाउन बाध्य भएको हो ।
उत्तरगया गाउँपालिका–५, खाल्टेमा हाल स्थानीय तह रहेकै सार्वजनिक जग्गामा अस्पताल तथा गाउँपालिका भवन निर्माण गर्नु पर्ने स्थानीय छेकु लामाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकार पहिलो पाँच वर्ष त अलमलमा पर्यो अब फेरी अलमलमा पर्न हुँदैन यहाँ अस्पताल र गाउँपालिका भवन तत्काल बनाएर नागरिकलाई चाँढो सरल र सहज ढङ्गले सेवा दिनुपर्छ ।’
उत्तरगया गाउँपालिका भवन तथा उक्त स्थानीय तहमा अस्पताल निर्माणका लागि खाल्टे बगर र पैरेबेशीमा रहेको सार्वजनिक जग्गा प्राप्तिका लागि स्थानीय सरकारले पटक पटक निर्णय गरेर सङ्घीय सरकारमा पठाए पनि अनुमति पाएको छैन । हाल गाउँपालिका रहेको खाल्टे बगरमा रहेको छ भने ग्रामीण स्वास्थ्य इकाइ, बोगटीटारमा रहेको छ ।
त्रिशूली नदिको जाखिममा रहेको कारण त्यहाँ भवन निर्माण नगर्न भूगर्भविद्ले अनुरोध गरेका छन् । पहिलो पाँच वर्षे कार्यकालमा स्थानीय सरकारले सहजिकरण गरे पनि जग्गा अस्पताल र गाउँपालिका भवन निर्माणका लागि प्राप्त हुन नसकेको उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गरुङले जानकारी दिनुभयो ।
उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गरुङले भन्नुभयो, 'खाल्टे र पैरेमा प्रसस्त सार्वजनिक जग्गा रहेको छ । तीन पटक लिखित रूपमा अनुरोध गरियो हालसम्म जग्गा प्राप्ति हुन सकेन, जग्गा प्राप्ति नभएपछि गाउँपालिकामा अस्पताल निर्माण हुन सकेको छैन ।'
खाल्टे र पैरेबेशीमा जोखिम क्षेत्र र निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको भनेर जग्गा प्राप्ति हुन सकेको छैन । सार्वजनिक जग्गा प्राप्तिका लागि सङ्घीय सरकारको मन्त्री परिषद्बाट निर्णय हुने व्यवस्था छ ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…