अस्पताल भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या
नगर अस्पतालले पुरानो स्वास्थ्यचौकीको भवनबाट सेवा दिन सुरू गरेको तीन वर्ष बितिसक्दा समेत अस्पताल भवन निर्माण पूरा नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाएर सेवा दिन सुरू गरेपनि भवन संरचना अभावले सेवा प्रवाहमा समस्यामा परेको स्थानीय बालकृष्ण शर्माले बताउनु भयो ।
दुई पटकसम्म म्याद थप गरिएको १५ शैयाको अस्पताल समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयले सेवा पाउन अझै समय लाग्ने भएको छ । अस्पतालबाट अहिले मेडिकल अधिकृत सहितको सेवा प्रदान भइरहेको छ ।
२०८० असार २० गते सम्पन्न गर्ने गरी सम्झौता भएको बागलुङ नगर अस्पताल अहिलेसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । २०७८ असार २३ गते बागलुङ नगरपालिका–१३ पैयुँपाटामा अस्पताल निर्माणको लागि १२ करोड ८७ लाख रुपियाँमा महालक्ष्मी जुगल जेभीसँग ०८० असार २० गते निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको थियो ।
अस्पताल भवनको दोस्रो तलाको ढलान मात्र सम्पन्न भएको छ । दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको तीन वर्ष बित्दासमेत जम्मा ५० प्रतिशत काम सकिएको बागलुङ नगरपालिकाका इञ्जिनियर सोबिन घर्तीले बताउनु भयो ।
‘असारमा म्याद सकिएपछि पुनः एक वर्षका लागि म्याद थपिएको थियो । सो म्यादसमेत सकिएपछि पुनः दोस्रो पटक एक वर्षका लागि थप गरिएको छ ।’–इञ्जिनियर घर्तीले भन्नु भयो–‘अझै एक तला ढलान गर्नै बाँकी छ ।’
निर्माण व्यवसायीलाई ताकेता गरिरहेको बताउँदै वडा नम्बर १३ का अध्यक्ष नारायण पौडेलले असारभित्रै अन्तिम तला ढलानको तयारी गरेपनि सडक मार्ग अबरुद्ध भएपछि कामदारले अस्पताल निर्माणको काम छोडेर घर गएको बताउनु भयो ।
अस्पताल निर्माण सम्पन्न भएपछि बागलुङ नगरपालिकाको रायडाँडा, पैँयुपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई सहजै स्वास्थ्य सेवामा पहुँच पुग्ने छ ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा १५ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय गौरले ०८१ भदौ २८ गते गिरफ्तार गरेकाे छ । आराेपित बालकले भदौ २८ गते बालिकालाई बलात्कार गरेकाे भन्दै…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परोह नगरपालिका-८ मोतीपुर नरकटिया टोल की २९ वर्षीया लालु कुमारी पटेललाई साेही टोल निवासी पत्रकार ३५ वर्षीय अभिमन्यु पटेल, निजका भाइहरू ३३ वर्षीय राकेश पटेल, र ३० वर्षीय मुकेश पटेलले कुटपिट…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका–२ का २२ वर्षीया दिलिप राईलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको भन्दै…
तालाबन्दीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालयमा शैक्षिक गतिविधि ठप्प
भरतपुर महानगरपालिका-१६ मा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लगाइएको ताला नखुलाउँदा दुई सातादेखि शैक्षिक गतिविधि ठप्प भएको छ । सत्तारूढ दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका भ्रातृ…
पत्नीको हत्या, हत्यापछि पतिद्वारा आत्महत्याको प्रयास
महालक्ष्मी नगरपालिका-१ कटहरेकी २६ वर्षीया सरिता दर्जीको २९ वर्षीय पति विजय दर्जीले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पत्नीको हत्यापछि विजयले समेत आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी…