अस्पताल निर्माणमा ढिलाई हुँदा सेवाग्राहीलाई समस्या
आवश्यक बजेट अभावमा जिल्लामा निर्माणाधिन १५ शैयाका अस्पताल निर्माण कार्यमा ढिलाई हुँदा सेवाग्राहीलाई समस्या भएको छ । जिल्लाका पाँच ओटा स्थानीय तहमा अहिले अस्पताल निर्माण कार्य चलिरहेको छ । निर्माण व्यवसायीले सम्पन्न गर्ने कामको आधारमा भुक्तानी गर्न नसक्ने अवस्था भएपछि निर्माण कार्य सुस्त गतिमा भएको बगनासकाली गाउँपालिकाका इन्जिनियर प्रमोद कुँवरले बताउनु भयो ।
निर्माण सम्पन्न गर्ने समयावधिमा काम सम्पन्न गर्न बजेट अभाव भएको छ । बगनासकाली, निस्दी, पूर्वखोला र माथागढी गाउँपालिकामा ४ वर्षअघि सुरू भएको अस्पताल निर्माण कार्य ७० प्रतिशतको हाराहारीमा मात्र सम्पन्न भएको छ । २०७८ असार २३ गतेदेखि अस्पताल निर्माणको काम थालनी गरिएको थियो भने ३ वर्षमा सम्पन्न गर्नुपर्नेमा म्याद थप डेढ वर्ष बितिसक्दासमेत अस्पताल निर्माण कार्यले खास गति लिन सकेको छैन ।
अस्पताल निर्माणका लागि सङ्घीय सरकारले आवश्यक बजेट समयमै व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताइएको छ । निस्दीको आधारभूत अस्पताल निर्माणका लागि १६ करोड ६८ लाख, पूर्वखोलाको वीरकोटमा १२ करोड ५१ लाख, बगनासकालीको अस्पतालका लागि १४ करोड ५० लाख, माथागढीको झडेवामा १२ करोड ५० लाखमा ४ वर्ष अघि नै ठेक्का सम्झौता भइ काम अगाडि बढेको हो । रम्भा गाउँपालिकामा गत वर्षदेखि १६ करोड ३७ लाख ८९ हजारमा ठेक्का सम्झौता भई अस्पताल निर्माण कार्य अघि बढेको छ ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
यज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
यज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको विषयमा इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…