अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा समस्या देखिएपछि बेनी अस्पतालले पोखराका लागि रिफर गरीदियो । जब पोखरा लैजानु पर्ने भयो एम्बुलेन्स पाइएन । बेनी अस्पतालको एम्बुलेन्स बिग्रेर थन्केको रहेछ रेडक्रसको एम्बुलेन्स अन्तै गएको हुँदा पर्वतबाट एम्बुलेन्स मगाएर बच्चालाई पोखरा पठाइयो ।
यस्तो घटना पछिल्ला दिनहरूमा दैनिकजसो बेनी अस्पतालमा हुने गरेका छन् । म्याग्दीको एकमात्रै सरकारी अस्पताल बेनी अस्पतालको एम्बुलेन्स पटकपटक बिग्रने गरेको भए पनि यस पटक भने पछिल्लो १० दिन देखि चल्नै नसक्ने अवस्थामा पुगेका थियो ।
पछिल्लो समय फागुन २९ गते बिरामी पोखरा छोडेर बेनी फर्कदै गर्दा पर्वतको मालढुङ्गामा विग्रीय पछि अहिले बेनी अस्पताल एम्बुलेन्स बिहीन बनेको छ । बेनी अस्पतालको एम्बुलेन्स बिग्रदा अहिले बिरामीहरूले सार्वजनिक वस तथा ट्याक्सीमै बिरामीलाई थप उपचारका लागि लैजानु पर्ने बाध्यता सृजना भएको छ ।
२९ गते बिग्रेको एम्बुलेन्स जस्तो संवेदनशील साधनलाई मर्मतका लागि थप प्रकृया अगाडी नबढ्नु चिन्ताको विषय रहेको बेनी अस्पतालमा आउने बिरामीका आफन्त गुनासो गर्छन् ।
निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शंकरराज लामिछानेले एम्बुलेन्स बिग्रेको र ठूलो खर्च आउने भएकाले यसैलाइ मर्मत गरेर चलाउने वा अरू बिकल्प खोज्ने भन्ने विषयमा सोच्दै गरेको बताउनुभयो । ७–८ वर्ष पुरानो भै सकेको एम्बुलेन्सलाई मर्मत गरेर चलाउने वा अन्य दाताहरूको सहयोग लिएरै भए पनि अर्को एम्बुलेन्स किन्ने भन्ने अन्यौलय भएको बताउनुभयो ।
अहिले यही एम्बुलेन्स मर्मत गर्दा खर्चै थेग्न नसकिने अवस्था रहेको हुनाले मर्मत गर्नु भन्दा पनि अरू खोज्न तिर लाग्दा सहज हुन्छ कि भन्ने आफूलाई लागेको डा.लामिछानेको भनाई छ ।
अमृतप्रसाद पौडेल
सम्बन्धित समाचारहरू
महिला हत्या घटनाका आरोपित गिरफ्तार
चितवनको राप्ती नगरपालिका-७ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ भगवती बहाल बस्ने २६ वर्षीया जेनिशा तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१० का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले ०८०…
अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या
अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको भैसीगोठमा सुतिरहेको अवस्थामा जेठ २३ गते धारिलो हतियार प्रहार गरी…
बालविवाह कसुरमा तीन वर्ष कैद
१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले आरोपितले…
मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ३६ वर्षीय शुरेश कुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले जेठ २१ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ ८ गते बलात्कार…