अस्पतालमा सिटी स्क्यानको व्यवस्था नहुँदा बिरामीलाई जिल्ला बाहिर रिफर
जिल्ला अस्पताल हुम्लामा सिटी स्क्यानको व्यवस्था नहुँदा सिटी स्क्यान गर्नुपर्ने बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गर्ने गरिएको अस्पतालले जनाएको छ ।
सडक सुविधा नभएको अवस्थामा सिटिस्क्यान गर्नुपर्ने बिरामीहरू महङ्गो प्लेन भाडा तिरेर नेपालगञ्ज लगायतका अन्य सहरमा जानु पर्ने राया गाविस-५ का २२ वर्षीय सन्तोष रावलले गुनासो गरेका छन् ।
सिटिस्क्यान गर्नुपर्ने राया गाविस-५ का २२ वर्षीय सन्तोष रावल र सोही गाविस-७ का २१ वर्षीय जनविर रावललाई जिल्ला अस्पताल हुम्लाले असोज ११ गते सिटी स्क्यानका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले जानकारी दिए । जिल्ला अस्पतालमा सुरुदेखि नै सिटी स्क्यान नभएको अस्पतालले जनाएको छ ।
कुटपिटबाट घाइते दुवै जनाको घाँटी र टाउकोमा चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् ।
दुवै जनालाई असोज ६ गते राति पाँच/छ जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश यादवले बताए । घाइतेलाई हेलिकप्टरमार्फत उद्दार गरी जिल्ला सदरमुकाम सिमकोट ल्याइएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न व्यक्तिहरू फरार रहेको इन्स्पेक्टर यादवले बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…