अस्पताल सञ्चालनमा अन्यौलता हुँदा सेवाग्राहीलाई समस्या
बौदीकाली गाउँपालिकामा निर्माण भएको अस्पताल सञ्चालनमा अन्यौलता आएपछि सेवाग्राहीलाई समस्या भएको छ । गाउँपालिकामा केन्द्र सरकारको १८ करोड रुपियाँको लागतमा १५ शैयाको अस्पताल भवन निर्माण भएको छ । तर, अस्पताल भवन निर्माण भएपनि सञ्चालन कसरी गर्ने भन्ने अन्यौलताले समस्या पारेको बौदीकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मेघबहादुर ठाडा मगरले बताउनु भयो ।
बौदीकाली गाउँपालिका पूर्वपश्चिम राजमार्गको दलदलेदेखि करिब ५० किलोमिटरको दुरीमा रहेको छ । पहाडी भूगोल भएकाले सो क्षेत्रका बासिन्दा बिरामी परे अस्पतालसम्म पुग्न कठिन छ । घण्टौं लाएर नवलपुरको सदरमुकाम झर्नुपर्ने वा भिमाद, खैरेनीटार, पोखरा पुग्नुपर्ने अवस्था रहेको स्थानीयले बताए ।
नवलपुरतर्फ आउन बाटो जीर्ण हुँदा थप समस्या रहेको पनि स्थानीयले बताए । अस्पताल निर्माणपछि नजिकै स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ भन्ने आशा पलाएको भएपनि अस्पताल सञ्चालन नहुँदा समस्या उस्तै रहेको बौदीकाली गाउँपालिका डेढगाउँका पदमबहादुर बिकले गुनासो गर्नु भयो ।
बौदीकाली आधारभूत अस्पतालका रुपमा सञ्चालन गर्ने गरी तयारी गरिएको भएपनि अहिले अस्पताल सञ्चालन हुन सकेको छैन । दरबन्दी र उपकरण केही पनि नभएको स्वास्थ्य शाखा प्रमुख ठाडामगरले बताउनु भयो ।
गाउँपालिकाले आफैँ अस्पताल सञ्चालन गर्न नसक्ने र प्रदेश तथा केन्द्रले दरबन्दी नपठाउँदा अस्पताल सञ्चालन गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनु भयो । ‘प्रदेश र केन्द्रले कति दरबन्दी पठाउने र तलब खुवाउने भन्ने स्पष्ट नगर्दा समस्या भएको छ । हामीले अहिलेकै अवस्थामा अस्पताल सञ्चालन गर्न कठिन छ ।’–अध्यक्ष ओझाले भन्नु भयो ।
पहाडी क्षेत्रमा अस्पताल आवश्यक भएको र यसलाई सञ्चालन गर्न सके स्थानीयले लाभ लिन सक्ने उहाँले बताउनु भयो । १५ शैयाको अस्पताल सञ्चालनमा करिब ३० जना जनशक्ति आवश्यक हुने हुँदा सोही अनुसार सरकारले कदम चाल्नुपर्ने अध्यक्ष ओझाले बताउनु भयो ।
डेढगाउँमा निर्माण भएको यस अस्पताल सञ्चालन गर्न सके जिल्लाको बुलिङटारका केही क्षेत्र, बौदीकालीसँग जोडिएका छिमेकी जिल्ला तनहुँ,पाल्पाका केही क्षेत्रका बासिन्दालाई समेत सेवा लिन सहज हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मेघबहादुर ठाडामगरले बताउनु भयो ।
दयाराम आचार्य
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…