अस्पतालमा विशेषज्ञ र उपकरणको अभावमा सेवाग्राही प्रभावित
जाजरकोट जिल्ला अस्पताल स्तरवृद्धि भएको पाँच महिनासम्म पनि कुनै विशेषज्ञ सेवा सुरु हुन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् ।
भेरी मालिका नपा–१ कालेगाउँका जसवीर परियार सर्पले टोकेपछि अस्पताल पुगेपनि अस्पतालमा सर्पको टोकाइबाट बच्ने औषधि एण्टी स्नेक भेनम भएपनि आफूलाई मिसन अस्पताल चौरजहारीमा उपचारका लागि पठाइएको बताए ।
आफूलाई अस्प्पतालमा उपचार हुन नसक्ने भन्दै मिसन अस्पताल चौरजहारी रिफर गरिएको परियारले गुनासो गरे । यो घटनापछि परियारले गुनासो गर्दै भने–‘अस्पतालको स्तर वृद्धि भएपनि आफूहरूले प्रभावकारी सेवा पाएनौँ ।’
सरकारले १५ शैयाको अस्पताललाई स्तरवृद्धि गर्दै ५० शैयाको बनाएको थियो । सरकारी निर्णय अनुसार तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले जेठ १० गते ५० शैयाको जाजरकोट अस्पताल एक समारोहकाबिच उद्घाटन गरी शुभारम्भ गरेका थिए ।
स्तरवृद्धिसँगै भवन, विशेषज्ञ जनशक्ति र आवश्यक उपकरणको अभावमा अस्पताल नाम मात्रको भएको खलङ्गा थाप्लेचौरका प्रकाशकुमार शाहीले बताए । स्तरवृद्धिको घोषणापछि अस्पतालमा स्वास्थ्य सेवाको एघारौँ तहको एक जना मेडिकल सुपेरिटेण्डेण्ट, आठ जना दशौँ तहका विशेषज्ञ, चार जना मेडिकल अधिकृत, पाँच जना स्वास्थ्य सहायक, ६ जना स्टाफ नर्स, ६ जना अनमी, र ११ जना कार्यालय सहयोगीलगायत अन्य स्वास्थ्यकर्मीको दरबन्दी सृजना गरिएको थियो ।
शैया बढेसँगै जिल्ला अस्पतालमा स्त्री रोग, बालरोग, हडडी, मानसिक रोग विशेषज्ञका साथै बेहोस बनाउने, चिरफार लगायत, मेडिसनका विज्ञहरूको सेवा पनि अस्पतालमा प्रवाह हुने भनिएको छ । तर कात्तिक ११ गतेसम्म अस्पतालमा एक जना डेन्टल सर्जन र चार जना मेडिकल अधिकृत मात्र आएपनि उपकरणको अभावमा उनीहरूले पनि काम गर्न नपाएको निमित्त प्रमुख डा.चादनी जैसवालले बताइन् । अस्पतालमा आएका केही उपकरण र बेड प्रयोग विहीन भएको उनले बताइन् ।
स्तर वृद्धिसँगै अस्पतालमा विभिन्न नौ ओटा विशेषज्ञ सेवा सुरु गर्ने भनिएपनि अहिलेसम्म एउटा पनि सेवा सुरु नभएको उनले बताइन् । विशेषज्ञ चिकित्सक र सेवा सञ्चालन गर्ने उपकरण तथा अन्य साधन र बेडहरू नहुँदा अस्पतालमा नाम अनुसारको सेवा सुचारू गर्न नसकिएको निमित्त प्रमुख जैसवालले बताइन् ।
टालेगाउँ गाविस–७ की तारा सिंहलाइ सुत्केरी व्यथा लागेर अस्पताल जाँदा सुरुमै केही गर्न नसकिने भन्दै डाक्टरहरूले चौरजहारी मिसन अस्पतालमा रिफर गरिदिएको उनका भाइ खिमवहादुर सिंहले बताए ।
‘१५ शैयावाट ५० शैयामा स्तरउन्नति गरियो । तर, अहिले जाजरकोट अस्पताल नाम मात्रको भएको छ ।’–खलङ्गा थाप्लेचौरका प्रकाश कुमार शाहीले भने । उनले अस्पतालको स्तर बढेपछि पनि सामान्य उपचारका लागि चौरजहारी तथा नेपालगञ्ज जानुपर्ने जाजरकोटीहरूको बाध्यता नहटेको बताए ।
सुत्केरी र अन्य सामान्य अवस्थाका बिरामीलाई जिल्ला बाहिरका अस्पतालहरूमा रिफर गर्नु नै अस्पतालको मुख्य काम भएको उनले गुनासो गरे ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
मुस्ताङ मार्फाको तापक्रममा अस्वभाविक परिवर्तन !
हिमालपारीको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वभाविक परिवर्तन भएको पाइएको छ । गर्मी समयमा अधिक तापक्रम पुग्ने र चिसो…
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै !
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै गएको छ । जुम्लामा १७.९ प्रतिशत बालविवाह गरेका छन् । जसमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत रहेको छ । हिमाली जिल्ला हुम्लामा…
समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्याफ्टिङ
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका…
भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्ली !
जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्लीमा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकारण व्यवस्थापन प्राधिकारणले पोर्टलमा अपुरो विवरण प्रविष्ट हुँदा…
द्वन्द्वले प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान हुँदै
बाँसगढी नगरपालिकाले सुरुवात गरेको द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान कार्य सकारात्मक भएको द्वन्द्वपीडित बाँसगढी नगरपालिका–६ की ४५ वर्षीय शारदा थारुको भनाइ रहेको छ । द्वन्द्वकालमा सरकारसँग…