अस्पतालमा विद्युत अनियमित हुँदा सेवाग्राही मर्कामा
विद्युत अनियमित हुँदा जिल्ला अस्पतालमा उपचारको लागि आएका सेवाग्राही मर्कामा परेका छन् ।
कोभिड –१९ को तेस्रो भेरीयन्ट समुदाय स्तरमा नै देखिन थालेपछि अस्पतालमका बिरामीको चाप बढ्न थालेको र विद्युतको कारण अकस्पतालमा रहेका कम्प्युटर लगायतका उपकरण सञ्चालन हुन नसक्दा उपचारमा समस्या हुँदा सेवाग्राहि मर्कामा परेका हुन ।
जिल्ला अस्पतालका महिला तथा स्त्रीरोग विशेषज्ञ डाक्टर केहल बिक्रम जीसीले बिभिन्न समस्या भएका बिरामीलाई उपचार गर्न र गर्भवति महिलाको अप्रेशन गर्न अस्पतालमा भएका उपकरण प्रयोग गर्नुपर्ने र ती उपकरण प्रयोग गर्न विद्युत नियमित नहुँदा धेरै नै कठिन भएको बताउनु भयो ।
जिल्ला अस्पतालमा अप्रेशन गर्दासमेत आफूहरूले बत्ती नहुँदा मोबाइलको लाइट बालेर समेत अप्रेशन गुर्नुपरेको उहाँँले गुनासो गर्नुभयो ।
अस्पतालमा गम्भीर प्रकृतिका गर्भवती महिलाहरूको अप्रेशन गरिने र विद्युतको समस्याका कारण बैकल्पीक उपाय केही नभएपछि मोबाइलको लाइट बालेरै भएपनि अप्रेशन गरेर बिरामीको ज्यान बचाएको उहाँको भनाइ छ ।
बिरामीको अप्रेशन गर्दागर्दै बत्ति जाँदा बिरामीको अप्रेशन बिग्रन सक्ने र थप समस्या हुन सक्नेमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । बत्ती नियमित गरिदिन पटक पटक विद्युत प्राधिकरण र स्थानीय निकायलाई जानकारी गराउँदा समेत कसैले पनि चासो नदिएको उहाँले दुःखेसो गर्नुभयो ।
कोभिडको बिरामीलाई अक्सिजन कन्सेन्टेटर प्रयोग गरेर उपचार गुर्नपर्ने तर बत्तीको अनियमितताका कारण त्यो उपकरण प्रयोग बिहिन भएको अस्पतालको भनाइ छ ।
बत्ति नहुँदाको समस्या बिरामीहरूले भोग्ने गरेको जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूको गुनासो छ । अस्पतालजस्तो सम्बेदनशिल ठाउँमा चाँडै नियमित बत्तिको व्यवस्था गर्नुपर्ने उनिहरूको भनाइ छ ।
जिल्ला अस्पतालमा बत्ती नियमित नभएको र बत्ती हुँदा पनि कम भोल्टेजका कारणले अस्पतालका कम्प्युटर लागायतका उपकरणहरू सञ्चालनमा कठिन हुने गरेको छ ।
स्थानीय सर्मिला गिरिले जिल्ला अस्पतालमा उपचारका लागि गएका बिरामी बत्तिको समस्याका कारण बिल को लागि समेत घण्टौँ कुरेर बस्नुपर्ने बाध्यता भएको बताउनुभयो ।
बत्ती अनियमितताका कारण जिल्ला अस्पतालका कर्मचारी तथा बिरामीले सास्ति खेप्नुपरेको स्वास्थ्य कार्यालका निमित्त व्यवस्थापक बिष्णु बुढाथोकिले जानकारी दिनुभयो ।
आफूहरूले अस्पतालमा भएको बत्तीको समस्यालाई समाधान गर्न सम्बन्धित निकायमा पटक पटक स्थानिय स्तरमा उत्पादित विद्युत जडानको लागि आग्रह गर्दा पनि व्यवास्ता गरेको उहाँको भनाइ छ ।
उहाँका अनुसार बाँफीकोट गाउँपालिकाको भाग्लेमा उत्पादित विद्युत अस्पतालमा जडान गर्दा उपचारमा सहयोग हुने र सजिलो हुने विश्वास गरिएको छ तर, सरोकारवालाले उक्त विद्युत जडानका लागि कुनै चासो नदेखाएको उहाँले गुनासो गर्नुभयो ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…