अस्पतालमा बेडको अभाव हुँदा कोभिड सङ्क्रमितको मृत्यु
अस्पतालमा बेड नपाउँदा रामग्राम नगरपालिका–९ का ३५ वर्षीय कोभिड सङ्क्रमितको मृत्यु वैशाख १४ गते भएको छ ।
श्वास फेर्न कठिन भएपछि उनलाई वैशाख १३ गते बिहान पृथ्वीचन्द्र जिल्ला अस्पतालमा नै सामान्य उपचार सुरू गरिएकोमा उनलाई थप उपचारका लागि भैरहवाको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गर्न प्रयास गरिएकामा बेड अभावले सो हुन नसकेपछि सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमै उपचार गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मोहम्मद नुरूल होदाले बताउनुभयो ।
दुई दिनअघि मात्र कोभिड सङ्क्रमित उनका बाबुको मृत्यु घरैमा भएको थियो । पछिल्लो २४ घण्टामा जिल्लामा ३४ जनालाई कोभिड सङ्क्रमण पुष्टी भएकोे जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कोरोना फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिनुभयो ।
दोस्रो चरणको कोभिड सङ्क्रमण सुरू भएदेखि नवलपासी पश्चिममा पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभ्एको छ । पछिल्लो १० दिनमा रामग्राम नगरपालिकामा मात्र मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…