अस्पतालमा डाक्टरको अभाव, दैनिक बिरामीको बढ्दो चाप ! (फोटो फिचर)
अर्घाखाँची अस्पतालमा विशेषज्ञ डाक्टरको अभावका कारण दैनिक बिरामीको बढ्दो चाप भएको छ । अस्पतालमा बिरामीहरू डाक्टरबाट सेवा पाउन चार घण्टासम्म लाइनमा बसेर स्वास्थ्य जाँच गराउनु परेको सेवा ग्राहीहरूले गुनासो गरेका छन् ।
दैनिक अस्पतालमा स्वास्थ्य जाँच उपचारका लागि आउने प्राय जसो बिरामी भाइरल ज्वरो, टाउको र शरीर दुख्ने साथै स्वास प्रस्वासका समस्या भएका सेवा ग्राहीहरू बढ्दै गएको अस्पतालका कर्मचारीहरू बताउँछन् । सन्धिखर्क नगरपालिका-७, मर्काखोला गहतेडाँडा बस्ने ७० वर्षीया बसन्ती कुमाल भन्नु हुन्छ, 'ज्वरो आएको छ । टाउको दुखेको र स्वास प्रस्वासको समस्या छ । बिहान १० बजे आएर नाम लेखाएर लाइनमा बसेको १ बजिसक्यो अझ पालो आएको छैन । कति बेला डाक्टर भेट्न पाइने हो ।'
मालारानी गाउँपालिका-५, बाँगीका ६९ वर्षीय चन्द्र बहादुर विकले, 'पहिला अन्य बिरामी भएर हस्पीटल बसेर घर गएँ । अस्पतालमा बिरामीको चाँप बढेको थियो । अर्काे दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने र खान मन नलाग्ने भएपछि फेरि अस्पताल आएर चेक जाँच गराउँदा डेङ्गुको सङ्क्रमण भएको रिर्पोट आयो र भर्ना हुनु परेको बताउनु हुन्छ । भूमिकास्थान नगरपालिका-८, चिउरामाटीका ७२ वर्षीय लोकनाथ भुसालले आफूलाई स्क्रब टाइफस सङ्क्रमण भएको बताउनु भयो । उहाँले अस्पतालमा आउने बिरामीहरूको चाप अनुसार डाक्टर तथा सेवा प्रदायकहरू कम भएको महशुस गरेको बताउनु भयो ।
जिल्ला अस्पताल, अर्घाखाँचीका अहेब तथा सूचना अधिकारी निमबहादुर रानाले अस्पतालमा बिरामी बढ्दै गएको बताउनु भयो । अस्पतालमा कर्मचरीको अभावका कारण सरसफाई र पानीको समस्या पनि थपिँदै गएको उहाँले जानकारी दिनुभयो । उहाँले अस्पतालमा १० जना विशेषज्ञ डाक्टरको दरबन्दी भएकोमा दुई जना विशेषज्ञ डाक्टरबाट गुणस्तरीय सेवाका लागि प्रयासरत भए पनि बिरामीको चाप अनुसार सेवामा थप समस्या हुँदै गएको बताउनु भयो ।
अर्घाखाँची अस्पतालका प्रमुख (मेसु) डा. जगनाथ तिवारीले नर्मल अवस्थामा दैनिक बिरामी २ सयदेखि २ सय ५० जनासम्म ओपिडिमा आउने गरेको बताउनु भयो । अहिले बिरामीको चाप बढ्दै गएको हुँदा दैनिक ३ सय ५० देखि ४ सय जनासम्म चेक जाँचमा आइरहेको उहाँको भनाइ छ । ओपिडिमा आउने बिरामीहरू ६० प्रतिशतभन्दा बढी ज्वरो आउने, टाउको दुख्ने समस्या भएका सबै उमेरका आउने गरेको र ३० प्रतिशतभन्दा बढी दमको समस्या भएका ज्येष्ठ नागरिकहरू आउने गरेको बताउनु भयो ।
उहाँले अस्पतालमा विशेषज्ञ डाक्टरको अभाव र दैनिक बिरामीको चापसँगै भवनको पनि अभाव भएको बताउनु भयो । अहिले भएको भवन धेरै पुरानो भएकोले सेवा उपलब्ध गराउने ठाउँ र व्यवस्थापन पनि पुरानै ढाँचाका भएको हुँदा थप समस्या हुने गरेको उहाँको भनाइ छ । यो समस्याका लागि सम्बन्धित निकाय र प्रतिनिधिहरूसँग धेरै पटक अवगत गराउँदै आग्रह गरे पनि सुनुवाई हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।
कुलबहादुर नेपाली
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…