अस्पतालमा बिरामीको चाप बढ्दै, औषधि किन्न निजि मेडिकल धाउनु पर्ने बाध्यता
जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप अत्यधिक बढ्न थालेपछि औषधि किन्न निजि मेडिकल धाउनु पर्ने बाध्यता भएको छ । मौसमी रुघाखोकीका बिरामी बढ्दा अस्पतालले धान्न नसक्ने गरी बिरामी उपचारका लागि पुग्ने गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनु भयो ।
मौसमी बिरामीको चाप अत्यधिक बढेसँगै अस्पतालमा बिरामी राख्ने शैयाको पनि अभाव हुन थालेको अनमी बोहराको भनाइ छ । उहाँका अनुसार १५ शैयाको क्षमता भएको जिल्ला अस्पतालमा एक सातादेखि बिरामी बढी भर्ना हुँदा प्रसुती गृह लगायतका वार्डमा समेत बिरामीलाई राख्ने गरेको अनमी बोहराले जानकारी दिनुभयो ।
उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दा भर्ना भएर डिस्चार्ज भएका कतिपय बिरामीलाई पनि पुनः अस्पतालमै भर्ना गर्नुपर्दा समस्या हुने गरेको छ । वर्षायाममा हुने मौसम परिवर्तन लगायतका कारण जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या बढेपछि बेडको अभाव भएको छ ।
जिल्ला अस्पतालमा धेरै जसो मौसमी रुघाखोकी, ज्वरोको सङ्क्रमित बिरामीहरू आउने गरेको अस्पतालका डा. सुनिल पुजाराले बताउनु भयो । यो समय बालबालिकाहरूमा पनि ज्वरोको समस्या बढी देखिएको डा. पुजाराले उल्लेख गर्नुभयो । जिल्ला अस्पतालमा दैनिक १ सय ५० जना बिरामी औषधि उपचार गर्दै आएका छन् । जसमा सबैभन्दा बढी ज्वरोका बिरामी, झाडापखाला, निमोनिया र ग्याष्ट्रिक लगायतका बिरामीले उपचार गराएको जिल्ला अस्पतालका डा. पुजाराले बताउनु भयो ।
जिल्ला अस्पतालमा उपचारका लागि सदरमुकाम आसपास गाउँका ठेहे, दा्जाम, डाँडाफया, धारापोरी, बुराउँसे, बरगाउँ, याँचु, माजा, छिप्रा लगायतका गाउँबाट पुग्ने गरेका छन् । अहिले जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि सेवाग्राहीले निजि मेडिकलबाट औषधि किन्नु पर्ने बाध्यता रहेको सेवाग्राही ऐटन रावलले गुनासो गर्नुभयो । उहाँका अनुसार आफ्नो छोरालाई कडा खाले ज्वरो आएर जिल्ला अस्पताल लैजाँदा निजि मेडिकलबाट औषधि किन्नु परेको गुनासो गर्नुभयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…