अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुँदा सेवाग्राही समस्यामा
नवलपरासी पश्चिम अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा अस्पताल बिरामीहरू समस्यामा परेका छन् ।
आठ जना विशेषज्ञ डाक्टरको दरबन्दी भएको अस्पतालमा एक जना मात्र विशेषज्ञ डाक्टर कार्यरत डाक्टर कार्यरत रहेका छन् ।
चिकित्सक नभएपछि विशेषज्ञ सेवा लिन बिरामीहरू नीजि वा बाहिर जिल्ला जाने गरेको बर्धघाट निवासी केशव पन्थीले बताउनु भयो । उहाँका अनुसार बाहिर जिल्ला उपचार गर्न जादा थप खर्च त हुन्छ नै एक्लै जान नसकिने भएकाले साथी लिएर जादा झन् खर्च बढ्छ ।
नशा तथा हाडजोर्नी, बालरोग, महिला रोग, मानसिक रोगलगायतका बिभागमा गरी आठ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा डाक्टर नभएकै कारण निजी अस्पतालमा महङ्गो शुल्क तिर्न र जिल्ला बाहिरका अस्पतालहरूमा उपचार गराउन जान बाध्य हुने गरेको रामग्राम नपा– ४ का रामरतन हरिजनले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
विभिन्न समस्या लिएर दैनिक सयौको सङ्ख्यामा आउने बिरामीहरू विशेषज्ञ सेवा लिन बाहिर जानु पर्दा समस्यामा पर्ने गरेका छन् ।
जिल्ला अस्पतालका व्यवस्थापक छमबहादुर अधिकारीले पटक पटक दरबन्दी अनुसारका चिकित्सक उपलब्ध गराउन प्रदेश स्वास्थ्य निर्देशनालयमा ताकेतासहित निवेदन गरेपनि समस्याको सुनुवाइ नभएको बताउनु भयो ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…