अस्पतालमा औषधिको अभाव, बिरामी रित्तो हात घर फर्कन बाध्य
१५ शैयाको जिल्ला अस्पताल हुम्लामा एक महिनादेखि औषधि अभाव भएको छ । अस्पतालमा औषधि अभाव देखिएपछि जिल्ला अस्पताल हुम्लामा उपचार गर्दै आएका बिरामीले निजी मेडिकलको महङ्गो मुल्य तिरेर औषधि किन्न बाध्य भएका छन् ।
रुघाखोकी, हात खुट्टा दुख्ने, दम, प्रेसर लगायतका बिरामी दिनदिनै जिल्ला अस्पातलमा उपचारका लागि आउने भएपनि औषधि अभाव भएपछि खाली हात घर फर्किन बाध्य भएका हुन् ।
अस्पतालमा औषधि नभएपछि निजी मेडिकलबाट औषधि ल्याएर खानु परेको सिमकोट गाउँपालिका–६ की रत्ना सुनारले गुनासो गर्नु भएको छ ।
पेट दुख्ने, शरीर काम्ने समस्याले १५ दिनदेखि जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको सुनारले बताउनु भयो ।
अस्पतालको ओपिडिमा समेत सामान्य सिटिजेट, एसिलक र बालबालिकाहरूका लागि पारासिटामोल, सिरफ प्रेसरको औषधि नभएको बहिरङ्ग सेवामा औषधि वितरण गदैँ आएका जगवीर रावतले जानकारी दिनु भयो ।
ओपिडिमा रुघाखोकी, हात खुट्टा दुख्ने, बान्ता हुने र बालबालिकाहरू उपचार गर्न आउने भएपनि औषधि नभएपछि फिर्ता जान बाध्य भएको स्वास्थ्यकर्मी रावतको भनाई छ ।
जिल्ला अस्पताल हुम्लामा १५ देखि २० प्रकारका औषधि नभएको स्टोर किपरको जिम्मा लिनु भएका कलबहादुर रावतले बताउनु भयो ।
सामान्य ग्यास्टिकको औषधि, डिक्लो, एसिलक, पेनटक, पारासिटामोल र सिरफ समेत अभाव भएको उहाँको भनाई रहेको छ ।
इमरजेन्सी वाडमा सलाइन र सिरिन्ज समेत अभाव भएको स्वास्थ्य कार्यालयकी निमित्त प्रमुख सरिता बोहराले बताउनु भयो ।
उहाँले ७२ थरीका औषधिको लागि क्षत्रीय स्टोर सुर्खेतमा माग फारम पेश गरेको निमित्त प्र्रमुख बोहराको भनाई छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…